Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 23, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: March 23, 2024

मस्कले मस्तिष्कमा चिप हालेका व्यक्तिले चेस खेल्न थाले

मस्कले मस्तिष्कमा चिप हालेका व्यक्तिले चेस खेल्न थाले

न्युयोर्क, ११ चैत । एलन मस्कको कम्पनी न्यूरालिङ्कले ठुलो सफलता हासिल गरेको छ ।  न्यूरालिङ्कले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ। वास्तवमा न्युरालिंक मार्च २३ मा एक भिडियो साझा गरेको छ। यो भिडियोमा एक पक्षाघाती व्यक्तिले कम्प्युटरको कर्सरबाट आफ्ना विचारहरूसँग चेस खेलिरहेको देखाइएको छ। भिडियोमा ती व्यक्तिले आफ्नो नाम नोल्यान्ड अर्बाग खुलाएका छन् । अर्बागको हालको उमेर २९ वर्ष हो । नोल्यान्ड अर्बाग मानसिक रूपमा पूर्ण रूपमा फिट छन् तर उनको काँधको तल्लो भाग पूर्ण रूपमा निर्जीव भएको छ। सेयर गरिएको भिडियोमा अर्बागले कम्प्युटरको कर्सरलाई पूर्णतया दिमागले कन्ट्रोल गरेको भन्दै सुनिन सकिन्छ । व्यक्तिले…
Read More
मस्को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो,  दुई सन्दिग्ध पक्राउ

मस्को आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो,  दुई सन्दिग्ध पक्राउ

काठमाडौँ । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ भने १५२ भन्दा बढी घाइते भएका छन् ।  शुक्रवार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको रुसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।  घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ ।  आन्तरिक मामिला मन्त्रालय र सङ्घीय सुरक्षा सेवाको परिचालन एकाइहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ । मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोला बारुदसहितका सामग्री प्रमाण स्वरूप जफत गरिएको छ ।  घटनास्थलमा…
Read More
दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता ! 

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता ! 

गोविन्द शरण उपाध्याय दर्शनशास्त्रको एउटा हाँगा हो - तत्त्व शास्त्र | अङ्ग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीन वटा विभाग छन् : सृष्टि शास्त्र, ईश्वर शास्त्र र मन शास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफूलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मन शास्त्रको काम चाहिँ चेतनाको अध्ययन गर्ने हुनाले दर्शनशास्त्र अन्तर्गत नै पर्छ |  सृष्टि शास्त्रमा ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको उत्पत्ति, जीव-निर्जीवको उत्पत्ति आदि विषयहरूको प्रमाणिक उत्तर खोज्ने प्रयत्न गरिन्छ | यो पनि मूलतः दुई भागमा विभाजित छ भौतिकवाद र चेतनावादी | भौतिकवादले विश्वलाई पूर्णतया प्राकृतिक घटना मान्छ भने चेतनावादीहरूले विश्वको रचना कुनै चेतन तत्त्वले गरेको ठान्छन् |  सृष्टि शास्त्रका अनेकौँ सिद्धान्तहरू…
Read More
तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

काठमाडौँ । वानीरा फाउन्डेसनले सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीन जना स्रष्टालाई सम्मान गर्ने भएको छ । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्‍याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ दिने निर्णय भएको छ । त्यस्तै नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत नाट्य भूषण मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ दिने निरन्य भएको छ । यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन् । साथै कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत अनिता तुलाधरलाई पचास हजार…
Read More
‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका अधिकांश सो हाउसफुल भएका छन् भने विदेशमा पनि दर्शकको साथ पाएको छ । फिल्म हेर्न हल पुगेका दर्शकले ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले पनि हेरेकी छन् । शुक्रवार बेलुकी काठमाडौँस्थित सिभिल मलमा हिमानी ट्रस्टद्वारा आयोजित शोमा सहभागी हुँदै उनले फिल्म हेरेकी हुन् । फिल्म हेरेपछि उनले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिइन्…
Read More
संसद बन्द गरेर सभामुखको विदेश शयर, परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ?

संसद बन्द गरेर सभामुखको विदेश शयर, परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ?

काठमाडौँ । देशमा आर्थिक सङ्कट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरू हुने गरेको देखिन्छ । यसैबिच सभामुख देवराज घिमिरेले संसद् बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय चर्चामा रहेको छ । चैत्र ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड तर्फ लागेका छन् ।  चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको…
Read More
सानो कुरा – ८९ 

सानो कुरा – ८९ 

घूस गोविन्द शरण उपाध्याय समय ३:१०, स्थान : काठमान्डु | म एक्लै थिएँ | मसँग बोल्ने कोही थिएन | सबैजसो रक्सीमा रमाउँदै थिए | म आलु र जुस लिएर एउटा टेबलमा बसेँ | ठ्याक्कै मेरो पछाडिपट्टिको टेबलमा दुई जना भलादमीहरू "खाँदै" थिए र भलाकुसारी गर्दै थिए | "मैले ठ्याक्कै ९ लाख पच्चीस हजार बुझाएँ | त्यतिले बल्लबल्ल माने | "कति समात्या थ्यौ र ? "तीन लाख जति हो | मोराले सँगै लिएर आएछ | "तीनका ठाउँमा नौ रे ? "हो, लिएको त तीन नै हो | तर नौ पच्चीस नदिए, मुद्दा चलाउने भए | मसँग विकल्प नै थिएन | "हैट,…
Read More
भेडा बाख्रा पालन बाट खुसी खोज्दै मुगुका किसान, बिमा पनि सँगै

भेडा बाख्रा पालन बाट खुसी खोज्दै मुगुका किसान, बिमा पनि सँगै

खड्क सुनार मुगु ९ चैत  । मुगुको छायाँनाथ रारा नगरपालिका १३ लह गाउँका सुरेन्द्र रोकाया उमेरले २७ वर्ष पुगे । ४ वर्ष खाडी मुलुक विदेशमा बिताए । भेडावाख्रा पालन पुख्याैली पेसा भएकाले पढ्ने उमेरमै गोठालो बन्नु पर्दा लेखपढ छुट्यो । विदेशमा बगाएको पसिनाले उनको जीवनमा खुसी त भेटाए तर सुख मिलेन । तर अहिले फर्केर यीनै भेँडाबाख्रा जीवनको सहारा बनाएका छन् । भेँडाबाख्रासँग पौँठे जोरी गर्दे खुसी भेट्ने बिचारमा रहेको उनले जनाए ।  कर्णालीका मुगु सहित अन्य हिमाली जिल्लामा आम्दानी थुप्रै सम्भावना श्रोत छन् । यहाँको प्रमुख व्यावसायिक कृषि र अन्य आम्दानीको प्रमुख सम्भावना भएका क्षेत्र हुन् । बहुमूल्य जडीबुटी लगायतका थुप्रै आर्थिक सम्भावना बोकेको…
Read More
मस्कोमा आतङ्कवादी हमला, ४० को मृत्यु

मस्कोमा आतङ्कवादी हमला, ४० को मृत्यु

मस्को, ९ चैत । रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला भएको छ ।  सो आतङ्कवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानीय प्रत्यक्षदर्शीले सो सङ्ख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाइते भएका छन् उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो। सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो। सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट आईएसएसले लिएको छ । मस्कोस्थित अमेरिकी दूतावासले भिडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ । जसको अहिले रुसले कनेक्सन खोजिरहेको जनाइएको छ। 
Read More
केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ । शुक्रवार रति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको छ । बिहीबार राति मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी) ले नयाँ दिल्लीस्थित उनको निवासबाट पक्राउ गरेको थियो । 
Read More