27
Jan
काठमाडौँ, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जाँदै छन् । सभापति रवि लामिछाने दुई दिनसम्म भारतमा रहनेछन् भने उनी १५ गते स्वदेश फर्कने छन् । सो भ्रमणको क्रममा भारतका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा सभापति लामिछाने सहभागी हुनेछन् । जसअनुसार रास्वपा सभापति लामिछाने र उपसभापति डीपी अर्याल आज नयाँ दिल्ली प्रस्थान गरेका हुन । उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदरवादमा आयोजित कार्यक्रममा सहभागी हुने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए । माघ १३ र १४ गते भारतका विभिन्न कार्यक्रममा रहने भएकाले उपसभापति डा. स्वर्णिम वाग्लेलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ ।