health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १२ माघ । नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो।
अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्यो।
नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए। ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन्।
अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए। ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए।
नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।
नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो। नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्त्वपूर्ण पाँच विकेट लिए। यसै गरी दीपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए।
टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।