29
Jan
तेहरान, १५ माघ । इरानले रक्षा मन्त्रालय र सशस्त्र बल रसद मन्त्रालय द्वारा विकसित आफ्नो वाहक रकेट प्रयोग गरेर पहिलो पटक सफलतापूर्वक तीन उपग्रहहरू प्रक्षेपण गरेको छ । इरानको राज्य नियन्त्रित मिडियाका अनुसार तेहरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई बढवा दिने कोश ढुङ्गाको साबित भएको छ। उपग्रहहरूलाई आइतबार न्यूनतम ४५० किलोमिटर (२८० माइल) को कक्षामा पठाइएको थियो। ३२ किलोग्राम (७१ पाउन्ड) तौलको एउटा उपग्रह र १० किलोभन्दा कम तौलका दुई वटा नानो उपग्रहहरू सिमोर्ग (फिनिक्स) स्याटलाइट क्यारियर रकेट प्रयोग गरेको हो । काहान–२ र हतेफ–१ नामका नानो उपग्रहहरू न्यारोब्यान्ड कम्युनिकेसन र जियोपोजिसनिङ टेक्नोलोजी परीक्षण गर्न प्रयोग गरिने सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानी…
29
Jan
जर्जिया, १५ माघ । पूर्वी युरोपको जर्जियामा दुई जुम्ल्याहा बहिनीको यस्तै एउटा घटना बाहिर आएको छ, जो १९ वर्ष पछि भेटिएका छन् । यी दुई जुम्ल्याहा दिदीबहिनी जन्मकै बेला एक अर्काबाट अलग भएका थिए तर यति वर्षपछि सामाजिक सञ्जालमार्फत यी दुई जुम्ल्याहा दिदीबहिनीको भेटघाट भएको हो । वास्तवमा, एमी ख्विटिया र आनो सरतानिया जुम्ल्याहा दिदी बहिनी हुन् तर दुवै जन्मने क्रममा नै अलग भएका थिए । यति मात्र होइन, दुवै जना एक अर्काबाट केही माइल टाढा जर्जियामा बस्दै आएका थिए तर उनीहरूलाई यसबारे कुनै जानकारी थिएन । सामाजिक सञ्जाल प्लेटफर्ममा टिकटक भिडियो भाइरल भए पछि यी दुईको पुनर्मिलन भएको छ…
29
Jan
माले, १५ माघ । मालदिभ्सको संसद्मा भिडन्त भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा मालदिभ्सको संसद्मा झडप भएको हो । मालदिभ्सको संसद्मा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबिच झडप भएको मालदिभ्सका समाचार संस्थाहरूले जनाएका छन् । सन अनलाइनका अनुसार राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । समाचार अनुसार संसद्मा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को विरोधमा पीपुल्स नेसनल काँग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए । समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको…
28
Jan
रौतहट, १४ माघ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहित महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्। सामाजिक परम्परा अनुसार २०७७ साल ज्येष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगर पालिका ४ मा बस्दै आएका बिजुली बैठाका छोरा सुनिल बैठाले आफ्नी आमासँग मिलेर २१ वर्षीय छोरी पुनमदेवी बैठाको शुक्रबार हत्या गरेको मृतकको बुवा सञ्जय बैठाले बताएका छन्। भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौँमा व्यापार गरी बस्दै आएका…
28
Jan
खड्क सुनार मुगु, १४ माघ । मुगुको सोरु गाउँपालिका–६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ बर्सिया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ। उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना भर्खरै ४ महिनाको मात्रै हुँदै छिन्। वर्षका आधा दिन भारत गएर मजदुरी गरेर ल्याएर जिउने ढोली परिवार अहिले महाविपत्तिमा फसेको छ । श्रीमतीको मृत्युपछि शोकमा डुबेका उनका श्रीमान् अझैसम्म अर्ध बेहोसमै छन् । उनी केही बोलेनन् । ‘अरूलाई त बनिबितो गरेर…
28
Jan
न्युयोर्क, १४ माघ । इरान समर्थित हुथी विद्रोहीले लाल सागरमा प्रहार गर्न खोजेको मिसाइल माथि आक्रमण गरेको छ । अमेरिकाको सेनाले यमनमा लाल सागरमा लक्षित तथा अडेनको खाडीमा एक ब्रिटिस तेल ट्याङ्करमा आक्रमण गरेपछि प्रक्षेपण गर्न तयार रहेको यमनको हुथी एन्टिशिप मिसाइललाई नष्ट गरेको हो । अमेरिकी नौसेनाका अनुसार जनवरी २७ मा लगभग ३ः४५ बजे अमेरिकी केन्द्रीय कमान्ड फोर्सले लाल सागरमा लक्षित हुथी एन्टी–सिप मिसाइल विरुद्ध आक्रमण गर्यो र जुन प्रक्षेपण गर्न तयारी अवस्था थियो। ‘अमेरिकी सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा मिसाइल पहिचान गर्यो, जसले व्यापारिक जहाजहरू र यस क्षेत्रमा अमेरिकी नौसेना जहाजहरूका लागि आसन्न खतरा प्रस्तुत गर्नेवाला थियो तर…
28
Jan
काठमाडौँ, १४ माघ । नेपाली काङ्ग्रेसनिकट नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरिएको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाले शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारु सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
28
Jan
काठमाडौँ, १४ माघ । नेपाल भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले नेपाल–चीन सम्बन्ध बिगार्न केही देश लागेको बताएकी छन् । काठमाडौँमा भएको राजनीतिक दलका नेताहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा नेपाल–चीनबिचको राजनीतिक सम्बन्ध राम्रो भए पनि केही देशले भने भाँजो हाल्न खोजेको आरोप लगाएकी हुन् । केही देशले नेपाल–चीनबिचको राजनीतिक सम्बन्ध राम्रो भएको हेर्न नचाहेको आरोप लगाएकी उनले देशको नाम भने उल्लेख गरिनन् । क्षेत्रीय द्वन्द्व बढाउने र गलत अफवाह फैलाउने काम भइरहेकाले यसलाई चिर्न चीन र नेपालबिचको मित्रता अझ बलियो बनाउन आवश्यक रहेको उनको भनाइ छ । नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा…
27
Jan
काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा पैरवी गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको बताएका छन् । पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै रक्षा मन्त्री खडकाले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत…