Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोल डिजेलमा मूल्य वृद्धि भएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १९ सय दश रुपैयाँ पुगेको छ ।
Read More
६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

हेमन्त केसी/न्युज कारखाना सुर्खेत, १७ माघ । सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मङ्सिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्। विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको छ। गत आव २०७९/८० को झन्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ६ सय रुपैयाँको ४२ लाख ९९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो। यो वर्ष गत वर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।…
Read More
विमलेन्द्र निधि भन्छन्- अबको प्रधानमन्त्री माधवकुमार नेपाल

विमलेन्द्र निधि भन्छन्- अबको प्रधानमन्त्री माधवकुमार नेपाल

दाङ, १७ माघ । काँग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दाबी गरेका छन्। नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए। उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने बताए। पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष काँग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै ०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने दाबी गरे। नेता निधिले अहिले संयुक्त…
Read More
सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोक, १७ माघ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  घाइतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको उनले बताए । 
Read More
किसान आन्दोलन ‘शहीद’ भए मुखलाल महतो, तर राज्यले अझै घोषणा गरेन

किसान आन्दोलन ‘शहीद’ भए मुखलाल महतो, तर राज्यले अझै घोषणा गरेन

CamScanner 01-29-2023 15.36 इन्दीप कोइराला बारा, १७ माघ । हिजो देश भरका सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइयो  । नेपालमा सरकारले हालसम्म १४ हजार २ सय ४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ । नेपाली समाजमा पटक पटक विभिन्न प्रकारका आन्दोलनहरू हुँदै आएको छ । ती मध्य एक किसान आन्दोलन हो । पाल्पा, रौतहट, बारा, सर्लाही, प्युठान, काठमाडौँ, कञ्चनपुर लगायतका जिल्लामा किसान आन्दोलन भएका थिए । जाली तमसुक च्यात्ने, चक्रबृद्धि ब्याजको विरोध, जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदबन्दीलगायतका माग राखेर किसान आन्दोलन भएका थिए ।  किसान आन्दोलन, किसानका बिचमा शिविर सञ्चालन गरी एउटा सचेत रूपमा…
Read More
यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा आज नेपालको सामना बङ्गलादेशसँग

यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्समा आज नेपालको सामना बङ्गलादेशसँग

काठमाडौँ, १७ पुस ।  जारी आइसिसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बङ्गलादेशको सामना गर्दै छ ।  नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समूह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बङ्गलादेशले समूह चरणमा ३ खेलमा २ जित र एक हारसहित समूह ए बाट दोस्रो हुँदै सुपर सिक्समा पुगेको हो । नेपाल अहिले सुपर सिक्सको समूह १ मा समूह चरणको रन रेटको आधारमा पाँचौँ स्थानमा रहेको छ ।  नेपालले समूह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमाञ्चक एक विकेटले पराजित गरेको थियो ।  आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका…
Read More
असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली

असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन : केपी ओली

काठमाडौँ, १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्। मङ्गलवार काठमाडौँमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भयो भने कुनै पनि व्यवस्था नटिक्ने बताए। ‘असन्तुष्टि बढ्दै गएर आक्रोश बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले भने।  ओलीले देश भावनाले चल्ने विषय नभएको प्रस्ट पार्नभयो । ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ’, ओलीले भने। माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उनले…
Read More
देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

देश अर्थतन्त्र मन्दीबाट चल्दै गर्दा चौधरी ग्रुपले सरकारलाई तिर्‍यो ७० अर्ब रुपैयाँ कर

काठमाडौँ, १६ माघ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा रहेका बेला चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ ।  गएका पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ । अर्थतन्त्रमा आएको सङ्कुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकिरहेको छैन । राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक…
Read More
सांसदको टोली भारत भ्रमणमा

सांसदको टोली भारत भ्रमणमा

काठमाडौँ, १६ माघ । सङ्घीय संसद्को एक टोली भारत भ्रमणमा गएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवसहित समितिका अन्य सदस्यहरू मङ्गलवार भारत प्रस्थान गरेका हुन् ।  भारतीय संसद्को अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मङ्गलवार उनीहरू भारत गएका हुन् । भारत भ्रमणमा जानेहरूमा  यादवसहित सुनिता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गङ्गाराम चौधरी रहेका छन् ।  सो टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेको हो ।  
Read More
आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री 

आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री 

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन सहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् ।  सहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् सहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।” सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले सहिदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण…
Read More