health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

मस्को, १३ माघ । आजकल रुसमा एउटा समाचारको निकै चर्चा भइरहेको छ । वास्तवमा रुसी सरकारले आफ्नो एक प्रसिद्ध आनुवंशिक संस्थानका प्रमुखलाई उनको अनौठो बयानका कारण बर्खास्त गरेको छ। रुसको विज्ञान तथा उच्च शिक्षा मन्त्रालयले यो कारबाही गरेको हो । जेनेटिक इन्स्टिच्युटका प्रमुखले पहिले मानव शताब्दीयौं सम्म बाँच्ने गरेको तर अहिले आधुनिक मानवको आयु लगातार छोटो हुँदै गएको बताएका थिए । उनका अनुसार छोटो जीवनको वास्तविक कारण उहाँका पुर्खाहरूले गरेका पापहरू रहेका हुन ।
समाचार एजेन्सी रिया–नोवोस्तीका अनुसार सोही बयानपछि उनलाई यो कारबाही गरिएको हो । यद्यपि मन्त्रालयले आफ्नो पोस्ट एक्सन रिपोर्टमा अलेक्जेन्डर कुद्र्याभत्सेभलाई बर्खास्त गर्नुको कुनै कारण बताएको छैन । तर, प्रभावशाली रुसी अर्थोडक्स चर्चले यसलाई धार्मिक भेदभाव भनेको छ। यो कारबाही पछि धेरै हङ्गामा भएको छ र सरकारको लगातार आलोचना भइरहेको छ।
रुसी समाचार वेबसाइट मेदुजाका अनुसार उनले सातौँ पुस्तासम्मका बालबालिका आफ्ना बुबाको पापका लागि जिम्मेवार छन् भनी दाबी गरेका थिए। यस कार्यको सम्बन्धमा समाचार एजेन्सी रिया नोवोस्तीसँग कुरा गर्दै रुसी चर्चको पारिवारिक मुद्दाहरूको आयोगका प्रमुख फ्योडोर लुक्यानोभले भने, ‘धार्मिक आस्था अनुसार दिएको बयानका लागि कुद्र्यत्सेभलाई बर्खास्त गर्नु वैज्ञानिक समुदायको नैतिकताको उल्लङ्घन हो। हामीले पहिले नै सोभियत युगका दिनहरू बिताइसकेका छौँ, जब आनुवंशिकलाई लामो समयसम्म छद्म विज्ञान मानिन्थ्यो ।’