Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 5 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्र मन्त्री साउद

लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्र मन्त्री साउद

काठमाडौँ, १२ माघ । परराष्ट्र मन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटेल एभरेस्टमा शुक्रवार आयोजित 'अवार्ड फर एक्सेलेन्स' कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्।  उनले भने, 'सबैभन्दा महत्त्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्य रूपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रूपमा हाम्रा जति पनि लगानीकर्ताहरू छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।'  मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका…
Read More
ढोरपाटनका मेयरविरुद्ध रेड नोटिस जारी

ढोरपाटनका मेयरविरुद्ध रेड नोटिस जारी

काठमाडौँ, १२ माघ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेट नोटिस जारी भएको छ।  ठगी प्रकरणमा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयले मेयर नेपालीविरुद्ध रेड नोटिस जारी गरेको हो। रेड नोटिस जारी भएसँगै प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलका १९६ सदस्य राष्ट्रले अब नेपालीको खोजी गर्नेछन्। उनी भेटिएको अवस्थामा इन्टरपोलले पक्राउ गरेर नेपाल फिर्ता पठाउने छ। बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ। नेकपा एमालेबाट उनी पटक मेयरमा निर्वाचित भएका व्यक्ति हुन्।  नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य…
Read More
अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

अफगानिस्तानले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ, १२ माघ । अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । जारी यू-१९ विश्वकपअन्तर्गत समूह डी को समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो । अफगानिस्तानका लागि एएम घजानफरले सर्वाधिक ३७ रन बनाएका थिए भने कप्तान नासीर खानले ३१, हसन एसाखिलले २० तथा फरिदुन दाउदजाईले २९ रन बनाएका थिए । अफगानिस्तानले एक समय ८८ रनमा ८ विकेट गुमाएकोमा नवौँ विकेटका लागि फरीदून दाउदजाइ र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए । त्यसै गरी नेपाली बलर आकाश चन्दले सर्वाधिक ५ विकेट…
Read More
महान् लेनिनप्रति

महान् लेनिनप्रति

* विजय मल्ल कहिले नबजेको मास्कोको विराट् घण्टा एक दिन तुफानी रातमा बज्छ । सुन ए दुनियाँवासी ! कहिल्यै नगर्जने मास्कोको विशाल तोप तिम्रो घोर निद्रामा गर्जन्छ । धरती काम्छ, चट्टानहरू फुट्छन् हिउँका आँधी मच्चिन्छन् विशाल गगनभेदी महलहरू चुरचुर भई धरतीमा गाँजिन्छन् । पर्ख, यो पत्थरमा पाइला नहाल । यस पत्थर–पत्थरमा आत्मा छन् । यहाँ नचिच्याऊ, यहाँ पाइला पाइलामा इतिहास छन् । यो १९०५ सन्को चट्टानको ढिक्का हो, यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ । नपत्याए सुन, यो जीवनको गाथा गाउँछ । ऊ, को आयो हेर, नेभा नदीको तीरबाट लाख लाख मानिसको जुलुस लिएर । यो विशाल काया को उठ्यो…
Read More
यु-१९ विश्वकप क्रिकेट: नेपालले आज पाकिस्तानको सामना गर्ने

यु-१९ विश्वकप क्रिकेट: नेपालले आज पाकिस्तानको सामना गर्ने

काठमाडौँ । जारी आइसिसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ ।   समूह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपराह्न १: ४५ बजेदेखि सुरु हुँदै छ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो । अहिलेसम्म समूह डी मा न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । न्यूजील्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई नै पराजित गरेको थियो । यस समूहमा नेपालले एक र अफगानिस्तानले २ खेलमा हार बेहोरेका छन् । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै…
Read More
रवि लामिछानेविरुद्ध सभामुख र संसदीय समितिमा उजुरी

रवि लामिछानेविरुद्ध सभामुख र संसदीय समितिमा उजुरी

काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ । सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मङ्गलवार सभामुख देवराज घिमिरे र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन् । ‘आज रवि लामिछानेमाथि छानबिनको माग राखेर सभामुख र राज्य व्यवस्था सुशासन समितिमा उजुरी दिएको छ,’ उनले न्युज कारखानासँग भने ।   ‘मिति २०८० पौष २२ गतेका दिन कान्तिपुर राष्ट्रिय दैनिक साथै ई कान्तिपुर डटकम अनलाइन न्युज पोर्टलमा ३५ हजार बचतकर्ताको कम्तीमा ५२ करोड ग्यालेक्सी टिभीमा डुब्यो भन्ने शीर्षकको…
Read More
यस पटकको बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिइन्छ: प्रधानमन्त्री

यस पटकको बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिइन्छ: प्रधानमन्त्री

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यस पटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन् । मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठुलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका हुन् ।   “विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ। बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता…
Read More
महानगरको निर्णयविरुद्ध सटर बन्द गरेर व्यापारी सडकमा

महानगरको निर्णयविरुद्ध सटर बन्द गरेर व्यापारी सडकमा

काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरले न्युरोड क्षेत्रको सडकमा पार्किङ निषेध गरेपछि सो क्षेत्रका व्यापारी सडकमा उत्रिएका छन् ।   न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने महानगरपालिकाले निर्णयविरुद्ध मङ्गलवार व्यापारीहरू सटर नै बन्द गरेर सडक आन्दोलनमा उत्रिएका हुन् । काठमाडौँ महानगरपालिकाले मङ्गलवार देखी कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेपछि व्यापारीहरू सटर नै बन्द गरेर  वडा कार्यालय पुगेर निर्णय सच्याउन पनि माग गरेका छन् ।   मङ्गलवार  धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।
Read More
राष्ट्रियसभा निर्वाचन: जनमतको उम्मेदवारीले गठबन्धनमा असन्तुष्टि

राष्ट्रियसभा निर्वाचन: जनमतको उम्मेदवारीले गठबन्धनमा असन्तुष्टि

जनकपुरधाम, ९ माघ  । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसँग एक सिट माग गर्दै आएको थियो । तर  सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बिनी प्रदेशमा एक एक सिटमा उम्मेदवारी दर्ता गराएका छन् ।   सत्ता गठबन्धनमा नै रहेर जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्रमै रहेका दलहरू बिचमा असन्तुष्टि देखिएको छ । सत्ता गठबन्धनमा जनमत पार्टीले सङ्घमा एक मन्त्री सहित योजना आयोगको सदस्य पद समेत पाएका छन् ।   त्यसैगरि मधेस प्रदेशमा दुई मन्त्री र नीति आयोगमा एक जना सदस्य पाएका छन् । सत्ता गठबन्धनमा निकै लाभ लिँदै आएको जनमतले भने हरेक निर्वाचनमा गठबन्धनको विरुद्धमा आफ्नो…
Read More
बर्लिनमा नेपाली फिल्मको इतिहास, मीन भामको ‘साम्बाला’ बर्लिनको मुख्य प्रतिस्पर्धामा

बर्लिनमा नेपाली फिल्मको इतिहास, मीन भामको ‘साम्बाला’ बर्लिनको मुख्य प्रतिस्पर्धामा

काठमाडौँ,  ९ माघ । मीन भामको बह प्रतीक्षित फिल्म ‘साम्बाला’ले बर्लिन् फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनौट हुने इतिहास रचेको छ ।   सोमबार बर्लिन् फेस्टिभलका आयोजकले मुख्य प्रतिस्पर्धामा रहेका २० इन्टरनेसनल फिल्मको सूचीमा  मीनकोे  ‘साम्बाला’ पनि रहेको जानकारी गराएसँगै नेपालले इतिहास बनाएको हो ।   नेपाली फिल्म अहिलेसम्म भेनिसको दोस्रो मुख्य विधा होरिजेन्टलमा छानिएको इतिहास थियो भने बुसानमा पनि मुख्य विधा बाहेकका अवार्डमा प्रतिस्पर्धी रहेका थिए । नेपाली फिचर फिल्म बर्लिनमा छनौट हुने इतिहास भने दीपक रौनियार निर्देशित ‘हाइवे’ले राखेको थियो । यो फिल्म ६२ औँ संस्करणमा आधिकारिक रूपमा छनौट भएको थियो । बर्लिनलाई युरोपको कान्स र भेनिसपछि तेस्रो ठुलो फिल्म फेस्टिभल…
Read More