Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 17 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

नेपाली यू-१९ टिमको स्कटल्यान्डमाथि फराकिलो जित

नेपाली यू-१९ टिमको स्कटल्यान्डमाथि फराकिलो जित

काठमाडौँ, २४ पुस । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई १३५ रनले पराजित गरेको हो । नेपालले दिएको २८५ रनको लक्ष्य पछाएको स्कटल्यान्ड ४३.२ ओभरमा अल आउट हुँदै १४९ मात्र बनाएको थियो । नेपालका लागि तिलक भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए । यस अघि नेपाल यू- १९ टिमले पहिला ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको छ । नेपालका लागि गुलशन झाले ११४ रनको शतकीय पारी खेलेका छन् । त्यस्तै दीपक बोहराले नट आउट ५८ रन बनाएका…
Read More
पुनर्जन्म हुने भन्दै श्रीलङ्कामा आत्महत्या गर्न लगाइएको घटना खुलासा, ७ को शव फेला

पुनर्जन्म हुने भन्दै श्रीलङ्कामा आत्महत्या गर्न लगाइएको घटना खुलासा, ७ को शव फेला

कोलम्बो, २४ पुस । श्रीलङ्काबाट एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ ।   पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ । गत मङ्गलवार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो । दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ ।   प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैले ४७ वर्षीय बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेमाथि विश्वास गरेको पत्ता लागेको थियो । उनले नै दुवैलाई आत्महत्या गर्न प्रेरित गरेपछि दुवैले विष सेवन गरी आत्महत्या गरेका थिए ।   तर, प्रहरीले थप अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सिआइडीलाई दिएको छ । अपराध…
Read More
भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ

भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ

विशाल बस्नेत/न्युज कारखाना  महोत्तरी, २३ पुस । महोत्तरी बर्दिबास-२ का अमृत आले पढ्न जान्दैनन् तर लालपुर्जामा टाँसेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दङ्ग देखिन्छन् । उनको खुसी अनुहारमा छल्किरहेको छ ।   नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनलाई यसको प्रवाह त छैन तर  यो पुर्जा भुमिपती बनेको प्रमाण हो भन्ने चैँ थाहा छ ।   नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए । जिन्दगीभरि कहाँ बस्ने र के खाने ? भन्ने त्राहि-त्राहीमा रहेका भूमिहीन तथा दलित भूमिहीन लालपुर्जा देखाउँदै अनेक सपनाहरू सुनाई रहँदा खुसी…
Read More
चुनाव जिते लगत्तै बंगालादेशी  क्रिकेटर सकिब अल हसनले फ्यानलाई हाने थप्पड

चुनाव जिते लगत्तै बंगालादेशी  क्रिकेटर सकिब अल हसनले फ्यानलाई हाने थप्पड

ढाका, २४ पुस । बङ्गलादेशका स्टार क्रिकेटर तथा कप्तान शकिब अल हसनले पनि चुनावी मैदानमा जितको झन्डा फहराएका छन् ।   तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् । बङ्गलादेशमा चुनाव जिते लगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भयो, जसमा उनले आफ्ना एक फ्यानलाई थप्पड हानेका थिए ।   भनिएको छ कि शकिब अल हसन आफ्नो निर्वाचन क्षेत्रमा गएका थिए, जहाँ उनका सयौँ फ्यानले उनलाई चारैतिरबाट घेरेका थिए। यसपछि निलो रङ्गको सर्ट लगाएका एक व्यक्तिले उनलाई पछाडिबाट समातेका थिए, त्यसपछि साकिब अल हसन रिसाए र पछाडि फर्किए र कडा थप्पड हाने । यसपछि सबै फ्यान शान्त भए ।…
Read More
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख गैर कानुनी आर्जन गरेको आरोप

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख गैर कानुनी आर्जन गरेको आरोप

काठमाडौँ, २३ पुस । डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीर्घ नारायण कोइरालाविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि एक करोड २५ लाख रुपैयाँ गैर कानुनी रूपमा आर्जन गरेको अभियोग लगेको हो। २०४६ साल जेठदेखि सार्वजनिक पदमा पुगेका उनले यो अवधिमा ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गरेको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दाबी छ। अख्तियारले सम्पत्ति लुकाएको आरोपमा उनकी श्रीमती गीता पौडेल कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ।
Read More
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट

काठमाडौँ, २३ पुस । कोभिड–१९ सङ्क्रमणको नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार  देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्युन्सिङमा ७ जनामा नयाँ सब भेरियन्ट जेएन.१ पाइएको छ। मन्त्रालयले  सङ्क्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरू, स्वास्थ्य कार्यालयहरूलाई आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ। सङ्क्रमणको फैलावट रोकथाम गर्नका लागि  जनस्वास्थ्यको मापदण्डहरू (भिडभाडमा नजान, भौतिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, र…
Read More
ब्राजिलको प्रशिक्षक बने डोरिभल जुनियर

ब्राजिलको प्रशिक्षक बने डोरिभल जुनियर

काठमाडौँ । ब्राजिलले पूर्व खेलाडी एवम् हाल साओ पाओलो क्लबका प्रशिक्षक डोरिभल जुनियरलाई राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त गरेको छ । ब्राजिलियन फुटबल फेडेरेसनले शुक्रवार मात्र अन्तरिम प्रशिक्षक फेर्नानडो डिनिजलाई बर्खास्त गरेको थियो ।   ६१ वर्षीय डोरिभल गत अप्रिल देखि साओ पाओलोको प्रशिक्षक रहेका छन् । उनलाई २०२६ को विश्वकप सम्मका लागि प्रशिक्षक नियुक्त गरिएको छ । सन् २००२ देखि प्रशिक्षकको भूमिकामा रहेका डोरिभल ब्राजिलमा अनुभवी प्रशिक्षक मानिन्छन् ।   ब्राजिलले यस अघि हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका इटालीका कार्लोस एन्सेलोटीलाई भित्र्याउने प्रयास गरे पनि उनले रियल म्याड्रिडमै आफ्नो सम्झौता लम्बाएपछि सो प्रयास असफल भएको थियो ।
Read More
नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

नेकपा एसले टुङ्गायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल

काठमाडौँ, २३ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुङ्गाएको छ ।   नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुङ्ग्याएको हो ।   नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुङ्गो लगाएर आज नै उम्मेदवारी दिन लागिएको हो । जसअनुसार बागमतीमा घनश्याम रिजाल विश्वकर्मा तथा कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।   नेकपा एसको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीन जनालाई उम्मेदवार टुङ्गाउने जिम्मेवारी दिएको थियो ।
Read More
भारत र मोदी बिरूद्द सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने मालदिभ्सका तीन मन्त्री पदमुक्त

भारत र मोदी बिरूद्द सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने मालदिभ्सका तीन मन्त्री पदमुक्त

माले, २३ पुस । मालदिभ्स सरकारले आइतबार भारत र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने तीन मन्त्रीलाई निलम्बन गरेको छ ।   निलम्बनमा परेका मन्त्रीहरूको नाम मरियम शिउना, मलशा सरिफ र महजुम माजिद रहेका छन् । सामाजिक सञ्जालमा सुरु भएको विवादका कारण भारतका मानिसहरूले मालदिभ्सको कडा आलोचना मात्र गरेनन्, आफ्नो भ्रमण पनि रद्द गरेका छन् ।   यसै क्रममा मालदिभ्स सरकारले एक विज्ञप्ति जारी गर्दै भनेको छ,  ‘विदेश मन्त्रालयले आज छिमेकी देश भारतको अपमान गर्ने सामाजिक सञ्जालमा केही पोस्टका सम्बन्धमा भारत सरकारको अडानबारे विज्ञप्ति जारी गरेको छ । सरकारी पदमा रहँदा सामाजिक सञ्जालमा यस्ता पोस्ट गर्नेलाई अब पदबाट…
Read More
राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, २३ पुस । राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।   निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।   कार्यालय समय अनुसार बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।   फागुन २० गते रिक्त हुन गइरहेको २० जना राष्ट्रिय सभा सदस्यका लागि उक्त निर्वाचन हुन लागेको हो । सो दिन २० जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । जसमध्ये एक १ रिक्त पद भने सरकारको सिफारिसमा…
Read More