Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ - Gyaan Ghar Skip to main content

Gyaan Ghar

Advertisement

भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ

  • विशाल बस्नेत/न्युज कारखाना 

महोत्तरी, २३ पुस । महोत्तरी बर्दिबास-२ का अमृत आले पढ्न जान्दैनन् तर लालपुर्जामा टाँसेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दङ्ग देखिन्छन् । उनको खुसी अनुहारमा छल्किरहेको छ ।

 

नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनलाई यसको प्रवाह त छैन तर  यो पुर्जा भुमिपती बनेको प्रमाण हो भन्ने चैँ थाहा छ ।

 

नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए । जिन्दगीभरि कहाँ बस्ने र के खाने ? भन्ने त्राहि-त्राहीमा रहेका भूमिहीन तथा दलित भूमिहीन लालपुर्जा देखाउँदै अनेक सपनाहरू सुनाई रहँदा खुसी र सुख के हो ? भन्ने अनुभूति जो कोहीले गरिरहेका देखिन्थ्यो ।

 

प्रमुख अतिथि तथा अतिथिहरूले हस्तान्तरण गरेको लालपुर्जा हातमा लिएपछि आले र उनकी श्रीमतीले नगरबाट प्राप्त जग्गामा सानो घर बनाएर तरकारी खेती गर्ने योजना सुनाए । `बुढेसकालमा आफ्नै नाममा जग्गा भएको छ । यहाँ भन्दा ठुलो खुसी के हुन सक्छ र ?´ आले दम्पतीले भने, `कमसेकम मर्ने बेलामा भुमिपति भएर मर्न पाइने भयो ।´

 

उमेरले डाँडो काटे तापनि आले अहिले पनि ठेला चलाउँछन् । यही पेसाबाट नै भएको आम्दानीले उनले दुई छोरी र दुई छोराको विवाह गरिदिए । `छोराहरूले कमाउन थाले तापनि आफ्नै जग्गा र घर जोर्ने सपना सपनामा नै सीमित बन्यो,´ उनले भने, `अब जग्गा नगरले दियो, घर बनाउन छोराहरूलाई भन्छु ।´

वडा न.२ कै चतुरमाया परियार त लालपुर्जा हातमा परेपछि निक्कै बेर भावुक भइन । उमेरले ६९ वर्ष पुगेकी परियार छोराछोरी भएता पनि एक्लिएको अनुभूति भएता पनि नगरले जग्गा दिएर सहारा प्रदान गरेको बताइन । `एउटा छाप्रो बनाउँछु अनि तरकारी लगाएर भए पनि अब जीविकोपार्जन गर्छु,´ परियारले भनिन ।

 

अझ सोममाया लामिछानेको त आफ्नो जग्गा नहुँदा लामो समय देखी कोठामा बस्दै आएकी थिइन । घर बासको लागि आफ्नै जग्गा थिएन । बनिबुताे गरेर जीविकोपार्जन गर्दै आएकी उनको श्रीमान् बर्छौ पहिला बितेका थिए । `घर वास नहुँदाको पीडा मलाई जति अरू कसलाई थाहा होला र ?´ सोममायाले खुसी हुँदै भनिन, `कमसेकम भूमि आयोग र नगरले हाम्रो पिडालाई थोरै भएपनी मलम लगाउने प्रयास गरेको छ ।´

 

उनीहरू जस्तै बर्दिबास-२ स्थित २५ नम्बर बहादुरगन्ज ४ घ कित्ता न.३२ वाट प्रति घरधुरी १ कट्ठाका दरले पहिलो चरणमा लालपुर्जा पाउने ५३ घर परिवारको उस्तै खुसी छ । जग्गा पाएपछि उनीहरूले घरवास बनाउने मात्र योजना बनाएका छैनन्, तरकारी तथा अन्य उत्पादन गरेर व्यावसायिक बन्ने समेत सपना बुनेका छन् ।

 

पहिलो चरणमा परेका ६० आवेदन मध्य प्रक्रिया पूरा भएको ५७ जना पूर्ण भूमिहीनलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै राष्ट्रिय भूमि आयोग महोत्तरीले २२ मङ्सिरमा हकदावीको लागी नामावली प्रकाशन गरेको थियो ।

 

त्यसमध्ये ३ जनाको नाममा उजुरी परेपछि २९ मङ्सिरमा आयोगले ५३ जनालाई लालपुर्जा दिने निर्णय गरेको भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए ।

 

सोहीअनुसार आज ५३ जना भूमिहीनलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष गोलेको भनाई छ । अन्य भूमिहीनको नाममा छानबिन भइरहेको पनि उनले बताए ।

 

६० जना मध्ये  कसैको नाममा जग्गा देखिएको, कसैको नाममा उजुरी परेको हुनाले भूमि आयोगले छानबिनको लागी ३ जनाको विज्ञ सदस्य संयोजकत्वमा समिति बनाएको छ । समितिले पेस गरेको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडी बढाइने भूमि आयोगले जनाएको छ ।

 

यता आफ्नै  कार्यकालमा नगरभित्र रहेका कसैलाई भूमिहीन हुन नदिने नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले बताए । अव्यवस्थित वसोवासीको समेत काम तीव्र रूपमा गरेको बताउँदै कसैलाई पनि निराश हुने वातावरण सिर्जना हुन नदिने प्रमुख क्षेत्रीको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...