08
Jan
काठमाडौँ, २३ पुस। नेपाली काँग्रेसले चरम आन्तरिक विवादका बिचमा राष्ट्रियसभाको उम्मेदवार चयन गरेको छ। जसअनुसार नेपाली काँग्रेसले कृष्ण सिटौला देखि जीतजंग बस्नेतलाई समेटेर राष्ट्रियसभाको उम्मेदवार चयन गरेको हो । सत्तारूढ गठबन्धनमा भएको भागबन्डा अनुसार 10 सिट पाएको काँग्रेसले आज बिहान उम्मेदवार टुङ्गाएको हो । यस्ता छन् काँग्रेसको निर्णय: केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयहरू नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकले देहाय बमोजिम निर्णय गरेको छ । (१) राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८…