health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

कोलम्बो, २४ पुस । श्रीलङ्काबाट एउटा सनसनीपूर्ण घटना बाहिर आएको छ ।
पूर्वजन्मको चाहनामा १ धर्मगुरुसहित ७ जनाले आत्महत्या गरेको दाबी गरिएको छ । गत मङ्गलवार प्रहरीले याक्काला र महरागमा क्षेत्रबाट एक पुरुष र एक महिलाको शव फेला पारेको थियो । दुवै जनाले विष सेवन गरी आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैले ४७ वर्षीय बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेमाथि विश्वास गरेको पत्ता लागेको थियो । उनले नै दुवैलाई आत्महत्या गर्न प्रेरित गरेपछि दुवैले विष सेवन गरी आत्महत्या गरेका थिए ।
तर, प्रहरीले थप अनुसन्धानको सम्पूर्ण जिम्मेवारी सिआइडीलाई दिएको छ । अपराध अनुसन्धान विभाग (सिआइडी) ले अनुसन्धानलाई अगाडि बढाउँदै बौद्ध धर्मगुरु रुवन प्रसन्न गुणरत्नेले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गर्ने र त्यसो गर्दा फेरि जन्मिने बताएको पाइएको श्रीलङ्काली समाचार संस्थाहरूले जनाएका छन् ।
श्रीलङ्काको महारागामा ओल्ड रोडस्थित गेस्ट हाउसमा ३४ वर्षीय पुरुषको शव फेला परेको छ । मृतक थिवोलापुराको अम्बालाङ्गोडा क्षेत्रका बासिन्दा रहेको बताइएको छ । यसबाहेक याक्ला क्षेत्रको रफाल भट्टास्थित आफ्नै घरबाट २१ बर्सिया महिलाको शव फेला परेको छ । युवती विश्वविद्यालयकी विद्यार्थी थिइन् ।
गत डिसेम्बर २८ मा बौद्ध धर्मगुरु रुवान प्रसन्न गुणरत्नेकाको शव महरागामाको गेस्ट हाउसमा भेटिएको थियो ।
त्यसको केही दिनपछि गत डिसेम्बर ३१ मा रुवान प्रसन्न गुणरत्नेकाकी ३५ बर्सिया श्रीमती दुई छोरा र छोरीको शव मलाबेको कहानटोटास्थित आफ्नै घरमा भेटिएको थियो ।
यसरी परिवारका सबै सदस्यले विष सेवन गरी आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिलाका दुई छोरा र एक छोरीको उमेर क्रमशः ९, ८ र ७ वर्ष थियो । गुणरत्नेले आफ्ना अनुयायीहरूलाई आत्महत्या गर्न प्रेरित गर्ने गर्थे र त्यसो गर्नाले फेरि जन्मिने बताउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।