10
Jan
रौतहट,२५ पुस । विगत केही दिनदेखि बढेको शीत लहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । रौतहटका गरिब तथा विपन्नहरूको बस्तीमा जाडोले जनजीवन प्रभावित भएको हो। जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई बिहान बेलुकाको छाक टार्नसमेत हम्मे हम्मे परेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका गरिब तथा विपन्नहरूको जनजीवन शीत लहर र ठन्डीले कष्टकर बनाएको छ । पर्याप्त मात्रामा ओढ्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरू पराल ओछ्याएर सुत्न बाध्य भएका छन्। जिल्लाका गरिब तथा विपन्नहरूका बस्तीमा यति बेला उनीहरूको सहारा पराल बनेको छ। पराल नै ओछ्याएर पराल नै बालेर तापेर उनीहरू रातदिन कटाउन बाध्य भएका छन्।…