health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

ढाका, २४ पुस । बङ्गलादेशका स्टार क्रिकेटर तथा कप्तान शकिब अल हसनले पनि चुनावी मैदानमा जितको झन्डा फहराएका छन् ।
तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् । बङ्गलादेशमा चुनाव जिते लगत्तै सामाजिक सञ्जालमा उनको एउटा भिडियो भाइरल भयो, जसमा उनले आफ्ना एक फ्यानलाई थप्पड हानेका थिए ।
भनिएको छ कि शकिब अल हसन आफ्नो निर्वाचन क्षेत्रमा गएका थिए, जहाँ उनका सयौँ फ्यानले उनलाई चारैतिरबाट घेरेका थिए। यसपछि निलो रङ्गको सर्ट लगाएका एक व्यक्तिले उनलाई पछाडिबाट समातेका थिए, त्यसपछि साकिब अल हसन रिसाए र पछाडि फर्किए र कडा थप्पड हाने । यसपछि सबै फ्यान शान्त भए ।
शकिब अल हसन जो देशकै ठुलो व्यक्तित्व हुन् । अहिले चुनाव जितेपछि धेरै फ्यानले उनलाई फोटो खिच्न वा हात मिलाउन घेराउ गरेका छन् । तर एक जनाले पछाडिबाट उनको हात समात्ने प्रयास गर्दा क्रिकेटरले आफ्नो रिस गुमाए र उनको अनुहारमा थप्पड हाने। तर, उनको नाम विवादमा परेको यो पहिलो पटक भने होइन । यसअघि उनले क्रिकेट मैदानमा अम्पायरसँग झगडा गरेका थिए र गत विश्वकपमा श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युज विरुद्ध टाइम आउटका लागि अपिल गरेका थिए ।
बङ्गलादेश क्रिकेट टिमका पूर्व कप्तान शकिब अल हसनले यस पटकको राष्ट्रिय चुनावमा भाग लिएका थिए । उनले आइतबार देशको संसद्मा आफ्नो स्थान बनाएका हुन् ।