Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी - Gyaan Ghar

Gyaan Ghar

Advertisement

बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी

काठमाडौँ, २५ पुस । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्। ब्युरोले बुढानीलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मङ्गलवार पक्राउ गरेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी मुद्रा फेला परेको हो।

 

ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ। बम्जनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। बम्जनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।

 

बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। बम्जन चढ्ने गरेको प्रदेश-३-०१ -०२४ च  ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ। यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर-२२ बुङमती बस्ने बौद्ध श्रवण धर्म सङ्घ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ।

 

उक्त गाडी धुम्बाराही स्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड  नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ। उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।

 

बरामद अन्य सामानमा मोटरसाइकलका बिल बुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेन ड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आई प्याड र ट्याब ५ थान छन्। बम्जनमाथि बलात्कार, हत्या तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। बम्जनलाई आजै सर्लाही पठाउने तयारी ब्युरोको छ।

 

बम्जनलाई पक्रन ब्युरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। टोली पुग्दा उनी भाग्न खोजेका थिए। बम्जन चार तले घरको चौथो तलाबाट खाली जमिनमा हाम फालेका थिए। प्रहरीले उनलाई त्यहीँ पक्रेको थियो।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...