11
Jan
टीकापुर, २६ पुस । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन बिहीबारबाट सुरु हुँदै छ । पुस २६, २७ र २८ गते कैलालीको टीकापुरमा हुने सो पार्टीको महाधिवेशनको बिहीबार उद्घाटन हुँदै छ । उद्घाटनअघि थरुहट आन्दोलनका सहिद टेकबहादुर साउँदको सालिकमा माल्यार्पण गरिएको छ । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको साउँदको सालिकमा माल्यार्पण गरिएको हो । पार्टीका संरक्षक रेसमलाल चौधरी र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीी सहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् । थरुहट/थारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको थियो । उनलाई सहिद घोषणा गरिएको छ । गत ७ भदौ २०८० गते टीकापुर घटनाको ८ वर्ष…