04
Jan
काठमाडौँ, १९ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२४ को वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीबार वर्षभर आयोजना गरिने खेल तालिका सार्वजनिक गरेको हो । क्यानद्वारा सार्वजनिक गरिएको वार्षिक क्यालेन्डरमा जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा यु–१९ हाई प्रफरमेन्स क्याम्प सञ्चालन हुने, जनवरी १३ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा पुरुष यु–१९ विश्वकप आयोजना हुने, फेब्रुअरी ५ देखि मार्च २५ सम्म क्यानडाविरुद्धको सिरिज खेल्ने तथा फेब्रुअरी मलेसियामा एसीसी महिला प्रिमियर कप खेल्ने उल्लेख छ । यसै गरी फेब्रुअरी २७ देखि मार्च ५ सम्म नेपालले नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने, मार्चमै हङ्कङमा चार राष्ट्र…