health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १९ पुस । नेपालबाट १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति पत्रमा दुवै देशले हस्ताक्षर गरेको छ । काठमाडौँमा बिहीबार नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
यसअघि १० वर्षमा १० हजार मेगावाट बिजुली भारतमा निर्यात गर्ने सम्बन्धमा दुवै देश सहमत भएका थिए । तर, बिहीबार हस्ताक्षर भएसँगै १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली नेपालले निर्यात गर्ने सहमतिमा सार्थकता पाएको छ ।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति भए पनि सम्झौता पत्रमा भने हस्ताक्षर भएको थिएन ।