health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
सञ्जय मिश्रा
रौतहट, १९ पुस । रौतहटस्थित व्यापारीलाई पटक पटक फोनमार्फत धम्क्याएर रङ्गदारी ट्याक्स रकम माग गर्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले व्यापारी धम्क्याउने अभियोगी फतुवा विजयपुर नगरपालिका–८ का कलवारलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
पक्राउ परेका ३४ वर्षीय कलवारले एनसेलको नम्बर ९८०१५७७५१० बाट व्यापारीको मोबाइल फोनमा गत पुस १० गते देखि १८ गतेसम्म पटक पटक फोन गरेर व्यापारी र उनको छोरा छोरीलाई ज्यान मार्ने धम्की दिएर ५ लाखदेखि ५० लाख रुपैयाँ माग गरेको उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
घटनाबारे पीडितले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गरेर उक्त नम्बरको मोबाइल प्रयोगकर्ता अभियुक्त कलवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरस् नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले बताइन् ।
पीडित व्यापारीको नाम खुलाउँदा उनको सुरक्षामा असर पर्न सक्ने भएकाले गोप्य राखिएको प्रवक्ता गिरीले बताइन् ।
आपराधिक कार्यहरूलाई निस्तेज पार्न नागरिकबाट आएको सूचनालाई गोप्य राख्दै अनुसन्धानबाट कलवारलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।
आपराधिक लाभ मुद्दाको कसुर दफा २१ को उपदफा ३५३ अनुसार ७ वर्ष कैद र ७० हजार जरिबानाको प्रावधान रहेको कानुन व्यवसायीले बताएका छन् ।