Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 3 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

‘भूठान’ छायाङ्कनमा लागि हरिवंश आचार्य अमेरिकामा

‘भूठान’ छायाङ्कनमा लागि हरिवंश आचार्य अमेरिकामा

काठमाडौँ, १२ पुस । अभिनेता हरिवंश आचार्य विनोद पौडेलको निर्देशन रहने ‘भूठान’ छायाङ्कनका लागि अमेरिका पुगेका छन् । सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगेका आचार्य उतैबाट अमेरिका पुगेका हुन् ।   उनले सामाजिक सञ्जालमा निर्देशक पौडेलसहित निर्माण टिमका अन्य सदस्यसँगको तस्बिर राख्दै सुटिङका लागि अमेरिका पुगेको जानकारी गराएका हुन् । ‘ह्याप्पिएस्ट मेन इन दि वर्ल्ड’ अङ्ग्रेजी शीर्षक रहेको सिनेमा हरिवंश आचार्यले अमेरिकामा पुनर्वासमा गएका भुटानी शरणार्थीको भूमिका निर्वाह गर्नेछन् ।   चलचित्रको सुटिङ जनवरीको दोस्रो हप्ताबाट अमेरिकाको ओहायो राज्यमा सुरु हुनेछ । विनोद पौडेलकै लेखन रहेको चलचित्रमा दयाहाङ राई र जोयस पाण्डे पनि महत्त्वपूर्ण भूमिकामा रहनेछन् । यही चलचित्रको सुटिङका लागि दयाहाङ…
Read More
ठुला भ्रष्टाचारमा शीर्ष नेताको हात छ ; डा. कोइराला

ठुला भ्रष्टाचारमा शीर्ष नेताको हात छ ; डा. कोइराला

फिदिम, १२ पुस । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले ठुलो भ्रष्टाचारका काण्डहरूमा ठुला नेताको हात रहेको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे। ‘सुन काण्डमा ठुला नेता मुछिएपछि सामसुम भयो,’ कोइरालाले भने ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठुला ठुला भ्रष्टाचार गरेको कोइरालाले उल्लेख गरे। पत्रकारसँग कुरा गर्दै उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए। देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको आरोप छ। अहिलेको सरकाले देशलाई बरवाद गरेको उनले…
Read More
अपत्यारिलो घटनाभित्र उपन्यास

अपत्यारिलो घटनाभित्र उपन्यास

* सुमन पोख्रेल मजगैया नपत्याउने कुरा पनि पत्याउने भइदिन्छ । १८ वर्षे युवकले दुइटा उपन्यास लेखिभ्याएछ । त्यो पनि राेल्पाली ठिटोले । पहिलो उपन्यास त १२ वर्षे उमेरमै रे । "रे"भनियो भने किंवदन्ती हुन्छ । लेखेकै हो । घरायसी वातावरण नै कलम र किताबको चर्चामय हुन्छ भने त्यसको प्रभाव पर्ने नै भयो । तर यो पनि अकाट्य होइन । सायद सहज प्रतिभाको उन्मेष पनि होला । साहित्यमा अध्ययन, चिन्तन र मननको पनि रसायन मिल्नुपर्छ । यो निजी गुण पनि हो । तर परिवारका सदस्यको धाप मिल्यो भने त्यसले चूडान्त प्राप्त गर्छ । केटाका आमातिर एक विहङ्गावलाेकन गर्छु । दाङको बिजाैरीका…
Read More
माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता- ‘ताइवानलाई अलग हुन दिन्नौँ’

माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता- ‘ताइवानलाई अलग हुन दिन्नौँ’

बेइजिङ, १२ पुस । चीन र ताइवानबिच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । यस विषयमा दुवै देशका प्रमुखले बयानबाजी जारी राखिरहेका छन् ।   हालै जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङको १३०औँ जन्म जयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनसँग एकता गर्न आवश्यक रहेको र आफूले यसलाई कुनै पनि हालतमा अलग हुन नदिने दाबी गरेका छन् ।   सीएनएनका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको भनाइ यस्तो समयमा आएको हो, जब ताइवानमा अर्को महिना अर्थात् जनवरी १३ मा राष्ट्रपतीय निर्वाचनको तयारीमा जुटिरहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको सो घोषणा पछि चीनले चुनाव अघि ताइवानमाथि मानसिक दबाब दिन खोजेको आशङ्का गरिएको छ…
Read More
कालोसूचीमा परे मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी

कालोसूचीमा परे मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी

काठमाडौँ, १२ पुस । मध्य पहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्य पहाडी राजमार्गको पर्वत खण्डमा काम गन एमपी/एससीएफ/ईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । एमपी/एससीएफ/ईसीसी जेभीमा पश्चिम बङ्गाल भारतका आदित्य सितानी नेतृत्वको एमपी सितानी एन्ड सन्स, सूर्यबहादुर खड्का नेतृत्वको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि र सुरेन्द्रराज पौडेल नेतृत्वको एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा छन् । यी कम्पनीलाई पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल राजमार्ग योजना कार्यालय पर्वतले कालोसूचीमा राख्न  सिफारिस गरेको थियो ।   साथै भूमि इन्फ्रा स्ट्रक्चर प्रालि मोरङ पनि दुई वर्षसम्मका लागि कालोसूचीमा परेको छ…
Read More
गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौँ, १२ पुस । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।   सर्वोच्च अदालतले उक्त रिटको पेसी शुक्रवारका लागि तोकेको छ । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्नेमा गभर्नर अधिकारीको योग्यता सोअनुसार नभएकाले नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ । रिटमा निवेदकहरूले गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको दाबी गरेका छन् । सो योग्यता स्नातकोत्तर वा…
Read More
रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामाडीबाट अपहरण मुक्त

रौतहटबाट अपहरणमा परेका दुई नेपाली बिहारको सितामाडीबाट अपहरण मुक्त

अशोक कुमार पहाडी रौतहट, ११ पुस । भारतीय अपराधीबाट अपहरणमा परेका दुई जनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ ।   उनीहरूलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको जिम्मा लगाएको छ ।   चितवन भरत महानगरपालिका १९ हुलाक चोकका ४० वर्षीय कृष्ण थापा र रत्ननगर नगरपालिका १२ जिरौनाका ३५ वर्षीय दीपेन्द्र महतलाई भारत विहारको सीतामढीबाट भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले अपहरणमुक्त गराएको हो । बुधवार नै उनीहरूको अभिभावकलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।   पुस ५ गते बिहान साँढे १० बजेको समयमा दुवै जना रौतहटको चन्द्रपुर जान्छु भन्दै मोटरसाइकलमा हिँडेका थिए । पुस ७ गते…
Read More
एफिल टावरमा कर्मचारी हडतालले बन्द, कहिले खुल्ने ठेगान छैन

एफिल टावरमा कर्मचारी हडतालले बन्द, कहिले खुल्ने ठेगान छैन

पेरिस, १२ पुस । फ्रान्सको राजधानी पेरिसमा रहेको एफिल टावर बुधवार बन्द भएको छ ।   विश्वका प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक एफिल टावर मजदुर आन्दोलनमा उत्रिएपछि बन्द भएको हो । एफिल टावर सञ्चालन गर्ने संस्था एसईटीईले यो जानकारी दिएको हो ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनुसार, कट्टर वामपन्थी युनियनले एक विज्ञप्तिमा भन्यो कि टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ एफिलको मृत्युको १०० औँ वार्षिकोत्सवमा हडतालको आह्वान गरिएको थियो। केही माग रहेकाले यो हडताल भएको युनियनले जनाएको छ । यद्यपि माग के हो भन्नेबारेमा केही खुलाइएको छैन ।   यसका डिजाइनर गुस्ताभको निधन सन् १९२३ डिसेम्बर २८ मा भएको थियो ।…
Read More
क्रिकेटर लामिछानेको मुद्दाको सुनवाइ जारी, आजै फैसला आउन सक्ने

क्रिकेटर लामिछानेको मुद्दाको सुनवाइ जारी, आजै फैसला आउन सक्ने

  काठमाडौँ, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौँमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ ।   बुधवार पनि सुनुवाइ नसकिए पछि जिल्ला अदालतले मुद्दालाई बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने विरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आङ्कलन गरिएको छ । हिजोको सुनवाइमा वादी नेपाल सरकार जाहेरवालको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।   बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान…
Read More
प्युठानमा गाडी दुर्घटना, १५ जना घाइते

प्युठानमा गाडी दुर्घटना, १५ जना घाइते

बुटवल, ११ पुस । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको  गाडी दुर्घटनामा परेको छ । बुधवार दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत भालुवाङ लगिएको छ। कपिलवस्तु शिवराज नगरपालिका १ बस्ने ३५ वर्षीय बल बहादुर सुनार, उनकी ३४ वर्षीय श्रीमती सङ्गीता सुनार, सोही ठाउँकी युनिका सुनार घाइते भएको प्रहरीको भनाइ छ। कपिलवस्तुको  शिवराज नगरपालिका १ का ५८ वर्षीय अने सुनार र उनका छोरा २६ वर्षीय दुर्गा बहादुर सुनार घाइते भएका छन्। यस्तै सोही ठाउँका…
Read More