health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

पर्वत, ११ पुस । पर्वतको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा उनलाई बुधवार दिउँसो कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराको रजिस्ट्रार हुँदा उनले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पुर्जी जारी भएपछि केही समय फरार रहेका उनी अन्ततः बुधवार दिउँसो पक्राउ परेका हुन् ।
उनलाई १ करोड ५० लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ । रकम लिएर पनि काम नभएपछि सञ्चालकले नै प्रहरीलाई भिडियो प्रमाण उपलब्ध गराएपछि सोही आधारमा उनलाई पक्राउ गरिएको हो ।
साथै मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अपचलन गरेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा चलाएको छ ।
उनीहरूबाट ३१ करोड बिगो भराउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीले गत आइतबार सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको छ ।
तीन हजार ४४६ जना पीडित बचतकर्ताहरूले १८ करोड २३ लाख ४४ हजार ९७ रुपैयाँ ठगिएको आरोपमा जाहेरी दिएका थिए । सहकारीको वित्तीय विवरण सम्बन्धमा गरिएको अनुसन्धानका क्रममा २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो ।