health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले महान् सर्वहारा सांस्कृतिक क्रान्ति असफल भएकाले चीन साम्राज्यवादी मुलुक बनेको धारणा राख्नुभएको छ ।
नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० पुस १० गते मङ्गलवार तदनुसार डिसेम्बर २६, २०२३ का दिन सम्पन्न एक सय एकतिसौँ जन्म जयन्ती समारोहमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
अध्यक्ष केसीले भन्नुभयो– ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति सफल भएको भए चीन वैज्ञानिक समाजवादी देश हुने थियो । त्यो क्रान्ति असफल भएकाले अर्थात् चीनमा पुँजीवादको पुरस्थापना भएकाले त्यहाँ साम्राज्यवादी व्यवस्थाको स्थापना भएको हो ।’
उहाँले चीन समाजवादी देश नभएको ठोकुवा गर्दै उक्त देश साम्राज्यवादी देश भएको पनि बताउनुभयो ।
उहाँले यतिखेर चीन विश्व बजार कब्जा गर्न अमेरिकासहितका साम्राज्यवादी देशसित प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।
‘तपाईँ हामीले देखिरहेकै छौँ, चीन कसरी विश्व बजार कब्जा गर्नका लागि कसरी लागिरहेको छ’ उहाँले भन्नुभयो– ‘आज चीनले अमेरिका, बेलायत, जापानसहितका विश्वका साम्राज्यवादीसित बजार खोस्नका लागि लडिरहेको छ ।’
उहाँले त्यसको प्रभाव नेपालमा पनि परिरहेको स्पष्ट पार्नुभयो ।
‘एमसिसी अमेरिकी साम्राज्यवादद्वारा चिनियाँ साम्राज्यवादलाई घेराबन्दी गर्न आएको भन्ने तपाईँहरूलाई थाह छ नै’ उहाँले भन्नुभयो– चीनका विरुद्ध लड्न अमेरिकालाई नेपाली भूमि चाहिएको छ । त्यसैले एमसिसी पास भइसक्यो, एसपिपी पनि लागु गर्न खोजिएकै हो ।’
माओत्सेतुङको जन्म जयन्ती मनाइरहँदा साम्राज्यवादका विरुद्ध लड्न तयार हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।
सांसदसमेत रहनुभएका केसीले यतिखेर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहे पनि यो सधैँ स्थायी नहुने ठोकुवा गर्नुभयो ।
‘यो अहिले जुन साम्राज्यवादी, पुँजीवादीको जगजगी छ नि, यो अस्थायी कुरा हो’ उहाँले भन्नुभयो– ‘वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नभईकन त मानव समुदाय अस्तित्वमा नै रहन सक्दैन । त्यसैले विश्व मानव समाज समाजवादतर्फ नै अघि बढ्छ ।’
उहाँले साम्राज्यवादीहरूको यस्तो जगजगी अन्तिम चरणमा पुगेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘साम्राज्यवाद अन्तिम र मरणासन्न चरण हो । उनीहरू यहाँभन्दा अगाडि जान सक्दैनन् ।’
अध्यक्ष केसीले चीन नेपाल जस्तै कृषिप्रधान देश भएकोमा जसरी त्यहाँ नयाँ जनवादी क्रान्ति भयो, त्यो स्थिति नेपालका लागि पनि सत्य भएको बताउनुभयो ।
‘चीन जस्तो कृषिप्रधान देशमा कम्युनिस्ट क्रान्ति गर्न गाह्रो काम थियो’ उहाँले भन्नुभयो– ‘तर पनि चीनमा नयाँ जनवादी क्रान्ति सफल भएरै छाड्यो । हामीले पनि हिम्मत हार्नुहुन्न । क्रान्ति अवश्य पनि भएर छाड्ने छ ।’
सम्बोधनको क्रममा उहाँले साम्राज्यवादीले फैलाएको हल्लाको पछि लागेर क्रान्ति, परिवर्तन हुन्न भन्ने हल्लाका पछाडि नलाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ(अप्फा)का अध्यक्ष भैरवराज रेग्मी तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मिना पुनले पनि सम्बोधन गर्नुभएको थियो ।
मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षता तथा काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई नेकपा (मसाल) ३ नम्बर ब्युरो प्रवक्ता समीर सिंहले स्वागत गर्नुभएको थियो ।