health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

फिदिम, १२ पुस । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले ठुलो भ्रष्टाचारका काण्डहरूमा ठुला नेताको हात रहेको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे।
‘सुन काण्डमा ठुला नेता मुछिएपछि सामसुम भयो,’ कोइरालाले भने ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठुला ठुला भ्रष्टाचार गरेको कोइरालाले उल्लेख गरे।
पत्रकारसँग कुरा गर्दै उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए। देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको आरोप छ।
अहिलेको सरकाले देशलाई बरवाद गरेको उनले जिकिर गरे। ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उनले भने, ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ। राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ।’
देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै उनले बैङ्कहरू पनि मिटरव्याजी भएको उल्लेख गरे। उद्योगी र बैंकर्श एउटै व्यक्ति हुनु नहुने कोइरालाले उल्लेख गरे। ‘नेपालमा उद्योगी र व्यापारीले नै बैङ्क सञ्चालन गरेका छन्,’ कोइरालाले भने, ‘यसरी एउटै व्यक्ति सबैतिर हुनु ठिक होइन।’