health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २ पुस । फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ ।
यस अघि ६ कन्फेडेरेसनका च्याम्पियनसिप लिग विजेताले भाग लिँदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप सञ्चालन हुने भएको हो ।
फिफाको काउन्सिल बैठकले २०२५ को जुन १५ देखि जुलाई १३ सम्म फिफा क्लब विश्वकपको आयोजना गर्ने निर्णय गरेको हो । यो क्लब विश्वकप अमेरिकामा आयोजना गरिने भएको छ ।
त्यसै गरी विश्वकपमा छनौट हुने मापदण्ड पनि फिफाले बनाएको छ । क्लब विश्वकपमा ६ वटै कन्फेडेरेसनका क्लबहरू प्रदर्शन र वरियताको आधारमा छनौट हुने भएका छन् । क्लब विश्वकपमा आयोजक देशको एक क्लबसहित ३२ क्लबले भाग लिने छन् ।
जसमा अफ्रिकाबाट चार क्लब, एसियाबाट चार क्लब, युरोपबाट १२ क्लब, उत्तर अमेरिका तथा क्यारेबियनबाट चार क्लब, ओसियानाबाट एक क्लब, दक्षिण अमेरिकाबाट चार क्लबले भाग लिने छन् । साथै एक क्लब आयोजक देशको हुने र त्यसको छनौट प्रक्रिया पछि सार्वजनिक गरिने फिफाले जनाएको छ ।