Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
गाैतमबुद्ध विमानस्थलको धर्ना जारी रहने, मन्त्री किराँतीले भने, 'दिल्ली र नाेयडामा विमान चलाउँदैछाैं' - Gyaan Ghar

Gyaan Ghar

Advertisement

गाैतमबुद्ध विमानस्थलको धर्ना जारी रहने, मन्त्री किराँतीले भने, ‘दिल्ली र नाेयडामा विमान चलाउँदैछाैं’

 

मोहम्मद हबिब

भैरहवा, ३ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ ।

 

उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना थप हुने भएको हो ।

 

वार्ताको लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिए पनि विमानस्थल पूर्ण सञ्चालनको लागि कुनै ठोस निर्णय नभएको जनउदै सिद्धार्थ सञ्जालले विमानस्थल अगाडि जारी धर्ना कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ ।

सोमवार भएको छलफलबाट खासै उपलब्धि नभए पछि मङ्गलवार प्रधानमन्त्रीसँग समय लिई छलफल हुनेछ । हवाई कम्पनीहरूले उडानका लागि सकारात्मक भएको जनाए पनि उपलब्धिमूलक निर्णय नभएकोले विरोध स्वरूप भएको धर्ना जारी रहने सञ्जालले जानकारी दिएको हो ।

 

विमानस्थल अगाडि निरन्तर धर्नाको कार्यक्रम भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिद्धार्थ सञ्जाल, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाट्टा लुम्बिनी प्रदेश तीन वटै संस्थालाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय उडान सञ्चालनको व्यवस्था मिलाउने विषयमा सरोकारवाला निकायसँग छलफलको लागि बोलाएको थियो । सो क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरूसँग सोमबार छलफल गरेको हो ।

 

सिंहदरबारस्थित मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलको अवस्था, सञ्चालन , चुनौती र अवसरका विषयमा जानकारी गराएका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नभए पछि निजी क्षेत्र निराश छन् । उद्घाटन भएको लामो समय बित्दा समेत राज्यले अर्बौँ लगानी गरेर पनि अन्तर्राष्ट्रिय उडान गर्न उदासीनता देखाएकोले निजी क्षेत्रले पूर्ण सञ्चालनको लागि दबाब मूलक कार्यक्रम गर्दै आएका छन् । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया लगायत पटक–पटक सरकारलाई दबाब दिँदै आए पनि सुनुवाइ नभएकोले निजी क्षेत्र बाध्य भएर विरोधको कार्यक्रम गरिरहेका छन् ।

छलफल कार्यक्रममा बोल्दै पर्यटन मन्त्री सुदन किराँतीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनेमा ढुक्क रहन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । ‘म आजै देखी काममा लागे तपाईँहरू हेर्नुहोस्, यसको रिजल्ट तपाईँहरूले तुरुन्तै देख्नुहुने छ,’ उनले भने ।

 

उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित गर्नेमा सबै निकायहरू सँग छलफल सुरु भएको जनाउँदै छिट्टै भैरहवा दिल्ली , भैरहवा नोयडा उडान गराउन लागेको पनि उनले जानकारी दिए । साथै भैरहवाको विमानस्थल हेण्डीलिड. गर्ने कम्पनीलाई जिम्मेवारी दिई उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यान्वयन गर्ने तयारीमा रहेको मन्त्री किराँतीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...