29
Dec
काठमाडौँ, १३ पुस । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातिप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाईवाई जस्तै देखिने रयापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो । उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो । करेन्ट नामको गुट्खाको समेत व्यापार गर्दै आएको यशोदा फुड्सले वाईवाईको खोल र ब्रान्ड प्रयोग गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गर्न सुरु गरेका छन् । यशोदा…