health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १३ पुस । बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ।
सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको काँग्रेसले सो घटनालाई गम्भिरतापुर्वक लिएको जनाएकोसमेत छ। सो घटनाको छानबिन गर्नु पर्ने काँग्रेसको माग रहेको छ।
`कोरियाली भाषा परीक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात् प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,` काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, `नेपाली काँग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ । ´
घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली काँग्रेसले माग गरेको छ।
साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल समेत गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जनाएका छन् ।
कोरिया पीडित युवाहरूले गरेको प्रदर्शनको क्रममा भौतिक योजना मन्त्री प्रकाश ज्वालाको गाडी जलाए पछि बालकुमारी, ललितपुरमा प्रदर्शन भड्किएको थियो।
स्थिति नियन्त्रण लिनका लागि प्रहरीले चलाएको गोली लागि २ जनाको मृत्यु तथा दर्जनौँ घाइते भएका छन् ।