health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १३ पुस । गैर आवासीय नेपाली सङ्घका असन्तुष्ट समूहले अलग भेला बोलाएका छन् ।
गत एनआरएनए निर्वाचनमा पराजित अध्यक्षका प्रत्याशी आरके शर्मा समूहले अलग भेला बोलाएका हुन ।
गत अगस्टमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि दाबी गर्दै आएका शर्माको समूहले कार्य विभाजनमार्फत संस्थालाई चुस्त र गतिशील बनाउने योजना बनाएको भन्दै अलग भेला बोलाएका हुन । जसअनुसार सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को बैठक आह्वान गरेका हुन ।
शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेको आरोप लगाउँदै आएका छन् । परराष्ट्र मन्त्रालयले आफूहरूलाई छिट्टै न्याय दिने विश्वासमा रहेको जनाउँदै आएका शर्माले अलग भेला बोलाए पछि एनआरएनको आन्तरिक विवाद थप चर्किने देखिएको छ ।
तर, एनआरएनए अध्यक्ष केसीको समूहले भने उक्त भेलाको वैधानिकता नरहेको जनाउँदै सो शर्माले बोलाएको बैठकमा उपस्थित नहुन निर्देशन दिएका छन् ।