15
Dec
काठमाडौँ, २९ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताएका छन्। आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत रहेका उपसभापति खड्काले यस प्रशिक्षणले ती कमीकमजोरी सच्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। सो अवसरमा उनले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सच्याउनुपर्ने कमीकमजोरी प्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिए। बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर काँग्रेसलाई जनजनमा पुर्याउन, समय सापेक्ष परिवर्तन…