health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, २९ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताएका छन्।
आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत रहेका उपसभापति खड्काले यस प्रशिक्षणले ती कमीकमजोरी सच्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे।
सो अवसरमा उनले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सच्याउनुपर्ने कमीकमजोरी प्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिए।
बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर काँग्रेसलाई जनजनमा पुर्याउन, समय सापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न पनि उपसभापति खड्काले निर्देशन दिए।
उपसभापति खड्का पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख समेत हुन्। प्रतिष्ठानले आयोजना गरेको तीन दिने प्रशिक्षणमा बागमती प्रदेशका ६६ प्रदेश निर्वाचन क्षेत्रबाट एक/एक जना सहभागी थिए।