Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

एलपीएल : धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी फाइनलमा

धनगढी, २९ मङ्सिर । धनगढी स्पोर्ट्स क्लब र सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको आठौँ संस्करणको उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

फाप्ला क्रिकेट मैदानमा शुक्रवार सम्पन्न दुई वटा सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई तथा सत्यवती एकेडेमीले यूथ अफ टिकापुरलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान पक्का गर्‍यो। फाइनल खेल शनिवार हुनेछ।

आज सम्पन्न पहिलो सेमिफाइनलमा धनगढी स्पोर्ट्स क्लबले घोडाघोडी क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्‍यो।घोडाघोडीले दिएको ८९ रनको लक्ष्य धनगढी स्पोर्ट्स क्लबले ७ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्‍यो।

धनगढी स्पोर्ट्स क्लबको लागि आयुष्मान् बमले सर्वाधिक २५ रन बनाए। प्रनित थापाले २१ तथा सुनिल धमलाले १८ रन बनाए।

घोडाघोडीका बलर नरेश सुनार र कृष कार्कीले २/२ विकेट तथा हरिस बस्नेत र भुपेश जोशी १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १६.१ ओभरमा ८८ रनमा सबै विकेट गुमायो।

घोडाघोडीको ब्याटिङमा नवयुग बस्नेतले सर्वाधिक २५ रन, विपिन विक्रम शाहीले १७, दिनेश रावतले १७ तथा सञ्जय बोहराले १२ रन योगदान दिए।

धनगढी स्पोर्ट्स क्लबको बलिङमा अमर सिंह रौटेलाले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच घोषित रौटेलाले ४ ओभरमा २१ रन खर्चिए। दीपक चन्द ठकुरीले ३ तथा भोज राज भट्ट, भुवन कार्की र विकास आग्रीले १/१ विकेट लिए।

दोस्रो सेमिफाइनलमा सत्यवती एकेडेमीले यूथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्‍यो।

यूथ अफ टिकापुरले दिएको १११ रनको लक्ष्य पछ्याएको सत्यवती एकेडेमीले यूथ अफ टिकापुरलाई ६ विकेटले पराजित गर्‍यो।

सत्यवतीको ब्याटिङमा ओपनर इमरान शेखले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सन्दीप रजालीले २३, सन्दीप क्षेत्रीले २१ तथा सन्तोष कार्कीले १२ रन बनाए। यूथ अफ टिकापुरका बलर सोलुप चौधरीले २ तथा गौतम केसी र प्रेम शाहले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको यूथ अफ टिकापुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११० रन बनाएको थियो।

टिकापुरको ब्याटिङमा प्रकाश जैसीले सर्वाधिक ३२ रन, सुमित महर्जनले २० तथा प्रदीप ऐरीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

सत्यवती एकेडेमीको बलिङमा सन्तोष कार्कीले सर्वाधिक ३ विकेट लिए। फिर्दोश अन्सारी र अभिषेक कोइरालाले २/२ विकेट तथा त्रित दास र रञ्जित कुमारले १/१ विकेट लिए।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...