Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
शिक्षा Archives - Page 5 of 7 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

शिक्षा

अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

निकै उतार चढावपूर्ण परिस्थितिका साथ अगाडि बढ्यो, शिक्षक मनोज श्रेष्ठको शैक्षिक तथा साहित्यिक जीवन । खोटाङ, बुइपामा जन्मिएका शिक्षक श्रेष्ठ, अहिले सफल शिक्षकका रूपमा स्थापित भैसकेका छन् । राजधानीको डल्लुमा फ्यूचर स्टार स्कुल सञ्चालन गरिरहेका शिक्षक, श्रेष्ठ भन्छन्, ‘शिक्षक भनेको मार्ग निर्देशक हो ।’ शिक्षकको भूमिका प्रस्ट पार्दै उनी भन्छन्, ‘बालबालिकाको दृष्टिमा शिक्षक भनेको सबै जानेको भन्ने हुन्छ । पहिले शिक्षक भनेको अनुशासित बनाउने भन्ने मात्रै हुन्थ्यो । तर अहिले शिक्षकको परिभाषा फेरिएको छ ।’ विद्यार्थीहरूसँग हातेमालो गर्दै आफ्नो दिनचर्या चलाउँदै आउनुभएका शिक्षक श्रेष्ठ भन्छन्, ‘विज्ञान र प्रविधिका कारण विद्यार्थीहरू धेरै जानकार भइसकेका छन् । त्यो अनुसार शिक्षकले आफूलाई अपडेट…
Read More
तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौँ, २८ पुस । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रूपमा उठिरहेको छ। नेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रूपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरू निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम। फ्युचर एजुकेसन अफ साइन्स एन्ड टेक्नोलोजी कम्पनीले…
Read More
अत्यधिक चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द

अत्यधिक चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द

मुकेश कुमार यादव/न्युज कारखाना सिराहा, २४ पुस । सिराहामा लगातार चिसो बढ्न थालेपछि पालिकाहरूले सामुदायिक विद्यालयहरू धमाधम बन्द गर्न  थालेका छान्। शितलहर तथा चिसोका कारण विद्यार्थीको  स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको गर्ने सूचना जारी गर्न थालेका हुन्। सिराहाको गोलबजार नगरपालिकाले आज मङ्गलवार सूचना जारी गर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने सूचना जारी गरेको शिक्षा शाखा अधिकृत सुबोध कुमार लामा जनाएको छ। शिक्षा शाखा अधिकृत  लामाले माघ २ गते मात्र विद्यालय खुल्ने जनाएको छ। चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँ पालिकाले पनि आजबाट लागू हुने…
Read More
इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन, नेपालमै राम्रो स्कोप छ: विज्ञ

इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन, नेपालमै राम्रो स्कोप छ: विज्ञ

भक्तपुर, २२ पुस । विज्ञहरूले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभव सुनाएका छन् ।   उनीहरूले अरू विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभव साटे । उनीहरूले इन्जिनियरिङका विद्यार्थीले यही नै राम्रो काम र दाम पाउने बताए । त्यस कारण विदेश नजान उनीहरूले अनुरोधसमेत गरेका छन् ।   नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिङ र सिभिल एन्ड रुलर इन्जिनियरिङको पढाई पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रममा उनीहरूले हरेक हिसाबले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो रहेको सुनाए । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरहरूलाई नेपालमै राम्रो रहेको…
Read More
खुल्ला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति चयन गर्न विज्ञापन

खुल्ला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति चयन गर्न विज्ञापन

काठमाडौँ, २० पुस । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ।   त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो।   यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गर्नुभएको  थियो।   त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरि रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।   आज प्रकाशित सूचना अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये…
Read More
उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुईँमा पढ्न बाध्य

उचित व्यवस्थापन नहुँदा बाराका बालबालिका भुईँमा पढ्न बाध्य

इन्दीप कोइराला बारा, १४ पुस । प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरीय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्यक हुन्छ ।   तर, बाराको आदर्श कोटवाल गाउँपालिका–५ मा रहेको नेरा आधारभूत टेढाकट्टी विद्यालयका सयौँ बालबालिका अध्ययनरत सो विद्यालयमा टेबल र बेन्च नभएपछि बालबालिका आ–आफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन् ।   आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुईँमा खाली खुट्टा बसेर अध्ययन गर्नुपर्दा आफूहरूलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको बालबालिकाको…
Read More
काठमाडौँ महानगरका विद्यालयमा विद्यार्थीहरूलाई डीआइ राख्न नपाउने

काठमाडौँ महानगरका विद्यालयमा विद्यार्थीहरूलाई डीआइ राख्न नपाउने

काठमाडौँ, ६ पुस । काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई अबदेखि अनुशासन इन्चार्ज (डीआई) नराख्न आग्रह गरेको छ। एक सूचना जारी गर्दै महानगरले विद्यार्थीको अनुशासनका लागि राखिएको डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको बताउँदै डीआई नै नराख्न भनेको हो। काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) राख्ने व्यवस्था नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिएको…
Read More
भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ: प्रधानमन्त्री

भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ: प्रधानमन्त्री

  बर्दिबास १ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् । आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री प्रचण्डले एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा गरेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताए ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ।’…
Read More
महानगर स्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका पौडेल प्रथम

महानगर स्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका पौडेल प्रथम

  काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ महानगरपालिकाले विविध कार्यक्रमका साथ आफ्नो २९औँ स्थापना दिवस मनाएको छ। उक्त अवसरमा महानगरका विद्यालयहरूका शिक्षकहरूका बिच कविता प्रतियोगिता समेत गराइएको थियो। प्रतियोगितामा काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलमा कार्यरत शिक्षक एवम् कवि योगराज पौडेल प्रथम भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा समेत उनले 'मेरो सपनाको महानगर' कविता वाचन गरे। प्रथम स्थान हासिल गरेका पौडेलले १५ हजार नगद र प्रमाणपत्र हासिल गरेका छन्।
Read More
अध्ययनका लागि एक बर्षमा १५ हजार बढी विद्यार्थी पुगे अमेरिका

अध्ययनका लागि एक बर्षमा १५ हजार बढी विद्यार्थी पुगे अमेरिका

काठमाडौं, ३० कार्तिक । एकै बर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली बिद्यार्थीको संख्या १५ हजार नाघेको छ । अमेरिकामा काम तथा पढ्न जान चाहने नेपालीहरुको सङ्ख्या बर्षेनी बढिरहेको छ । नेपालस्थित अमेरिकी दुतावासका अनुसार गत बर्षमा १५ हजार ९० जना नेपाली बिधार्थी अध्यनका लागि अमेरिका पुगेका छन् । अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दुतावासले यो जानकारी दिएको हो । उक्त रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या गत वर्ष २७‍ .९ ले वृद्धि भई १५,०९० पुगेको छ, जुन सङ्ख्या हालसम्म कै उच्चतम हो’ अमेरिकी दुतावासले भनेको छ । नेपालमा गूणस्तरको शिक्षा नभएको,…
Read More