14
Jan
काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ । १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म बिहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग सङ्गीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् । यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, विज्ञहरूसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्द्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन् । कार्यक्रम शुभारम्भ गर्दै आज स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका…