health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

भक्तपुर, २२ पुस । विज्ञहरूले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभव सुनाएका छन् ।
उनीहरूले अरू विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभव साटे । उनीहरूले इन्जिनियरिङका विद्यार्थीले यही नै राम्रो काम र दाम पाउने बताए । त्यस कारण विदेश नजान उनीहरूले अनुरोधसमेत गरेका छन् ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिङ र सिभिल एन्ड रुलर इन्जिनियरिङको पढाई पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रममा उनीहरूले हरेक हिसाबले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो रहेको सुनाए ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरहरूलाई नेपालमै राम्रो रहेको बताए । इन्जिनियरिङका विद्यार्थीलाई विदेश नै गएर काम गर्नुपर्छ भन्ने नभएको भन्दै उनले नेपालमै पनि राम्ररी काम गरेर बसेका धेरै इन्जिनियरहरू रहेको जानकारी गराए ।
नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष डा विकास अधिकारीले नेपाली इन्जिनियरहरूलाई नेपालमै प्रशस्त सम्भावना भएको सुनाए । ‘तपाईँहरू विदेश जानु पर्दैन कोही पनि, नेपालमै धेरै स्कोपहरू छन्’ उनले भने, ‘अव नेपालमै ठूल्ठूला प्रोजेक्टहरू सञ्चालन गर्नुपर्ने र त्यसमा हजरौ इन्जिनियरहरू आवश्यक रहेको छ ।’ नेपालमा अहिले लर्निगसँंगै अर्निगको वातावरण हुनुपर्नेमा जोड दिए । यसका लागि करिकलमलाई नै परिवर्तन गर्नु आवश्यक रहेको भनाई राखे । साथै चारपाँंच वर्षे इन्जिनियरिङको लामो कोर्स दुई तीन वर्षमै सीमित गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले कलेजबाट बिदा भएका विद्यार्थीहरूलाई इमानदारिताका साथ काम गर्न निर्देशन दिए । उत्पादित विद्यार्थी नै कलेजको वास्तविक ब्रान्ड एम्वेसडर भएको भन्दै उनले आचारसंहितामा रहेर काम गर्न निर्देशन दिए । साथै उनले बिदाइ भई गएका विद्यार्थीबाट भालिका दिनमा पनि कलेजका लागि सल्लाह, सुझाव, सहयोग पाइरहने विश्वास व्यक्त गरे ।
कलेजमा सिभिलमा एक सय ४४ र सिभिल एन्ड रुलर इन्जिनियरिङमा ४८ कोटा छन् । यी सबै कोटाहरूमा यहाँ पूर्ण विद्यार्थी हुन्छन् ।
परिषद्को तथ्याङ्क अनुसार परिषद्मा देशभर ७८ हजार इन्जिनियरहरू छन् । तीमध्ये आधी भन्दा बढी इन्जिनियरहरू विदेशमा रहेको अनुमान छ । देशभरबाट वर्षमा आठ हजारको हाराहारीमा इन्निनियरहरु उत्पादन हुने तथ्याङ्क छ । नेकमा विभिन्न सङ्कायहरूमा पूर्ण सिटका साथ पढाई भइरहेका हुन्छन् ।