Gyaan Ghar

Advertisement

शिक्षा

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्‍यो कडाइ, आधा घटाउने घोषणा

सिडनी, १४ चैत । अस्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अस्ट्रेलियाले विद्यार्थी भिसामा कडा गरेको हो । गत शनिवार देखि विद्यार्थी र स्नातक भिसाका लागि अङ्ग्रेजी भाषा आवश्यकता थप बढाइएको छ  । जबकि सरकारले बारम्बार नियम उल्लङ्घन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्न शिक्षा प्रदायकहरूलाई निलम्बन गर्ने अधिकार प्राप्त गर्नेछ। ‘हामीले विरासतमा पाएको बिग्रिएको प्रणालीलाई ठिक गर्न माइग्रेसन रणनीतिमा हाम्रा प्रतिबद्धताहरू पूरा गर्ने क्रममा यस सप्ताहान्तका कार्यहरूले माइग्रेसनको स्तरलाई तल ल्याउनेछ,’ गृह मामिला मन्त्री क्लेयर ओनिलले भने । एक नयाँ वास्तविक विद्यार्थी परीक्षण…
Read More
निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षाको सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षाको सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार

काठमाडौँ । निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ ।  परिपत्र गर्दै शिक्षा मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको हो । परिपत्रमा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति व्यवस्थापन लगायतका विषयमा कानुनी एवम् नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पठाइदिन आग्रह गरिएको छ ।
Read More
गृहकार्य पूरा नगरेको भन्दै उर्लाबारीमा विद्यार्थीमाथि निर्घात कुटपिट

गृहकार्य पूरा नगरेको भन्दै उर्लाबारीमा विद्यार्थीमाथि निर्घात कुटपिट

विराटनगर, ११ फागुन - गृहकार्य पूरा नगरेको भन्दै मोरङको उर्लाबारीमा एक शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ। बुधवार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवासीय माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई पाइपले अन्धाधुन्ध शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्। गृहकार्य पूरा नगरेको भन्दै सामाजिक पढाउने शिक्षक केशव भण्डारीले विद्यार्थी अनुकूल श्रेष्ठलाई कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर बनेका श्रेष्ठको जिउमा नीलडाम छ। अनुकूलकी आमा कल्पना श्रेष्ठले आफ्ना छोरालाई शिक्षकले कुटेको र घटनालाई ढाकछोप गर्न दबाब आएको बताइन्। आफ्नो छोरामाथि पटक पटक कुटपिट भए पनि यस्ता शिक्षकलाई कारबाहीको साटो उल्टै विद्यालय प्रशासनले संरक्षण गरेको…
Read More
निबन्ध लेखन प्रतियोगिता स्थगित

निबन्ध लेखन प्रतियोगिता स्थगित

काठमाडौँ । ज्ञानशाला अनुसन्धान केन्द्रले फागुन ११ गते गर्ने भनेको निबन्ध लेखन प्रतियोगिता स्थगित भएको जानकारी भएको छ । प्रतियोगिताका संयोजकका अनुसार विशेष कारणवश हाललाई सो प्रतियोगिता केही समयको लागि स्थगित गरिएको र आवश्यक प्रक्रिया मिलाएर फेरि सूचना जारी गरिने बताएका छन् ।
Read More
कमाइको अर्को माध्यम बन्दै ब्लग, कसरी बनाउने

कमाइको अर्को माध्यम बन्दै ब्लग, कसरी बनाउने

काठमाडौँ, २० माघ । के तपाई आफ्नो लेखलाई घर बसी बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौँमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईँ आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ । इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी बसी सजिलै कमाउन सकिने भएको हो । ब्लग के हो ? वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो, जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन् । जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै…
Read More
त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरु

त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिन सुरु

काठमाडौँ, १५ माघ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो । 
Read More
अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

निकै उतार चढावपूर्ण परिस्थितिका साथ अगाडि बढ्यो, शिक्षक मनोज श्रेष्ठको शैक्षिक तथा साहित्यिक जीवन । खोटाङ, बुइपामा जन्मिएका शिक्षक श्रेष्ठ, अहिले सफल शिक्षकका रूपमा स्थापित भैसकेका छन् । राजधानीको डल्लुमा फ्यूचर स्टार स्कुल सञ्चालन गरिरहेका शिक्षक, श्रेष्ठ भन्छन्, ‘शिक्षक भनेको मार्ग निर्देशक हो ।’ शिक्षकको भूमिका प्रस्ट पार्दै उनी भन्छन्, ‘बालबालिकाको दृष्टिमा शिक्षक भनेको सबै जानेको भन्ने हुन्छ । पहिले शिक्षक भनेको अनुशासित बनाउने भन्ने मात्रै हुन्थ्यो । तर अहिले शिक्षकको परिभाषा फेरिएको छ ।’ विद्यार्थीहरूसँग हातेमालो गर्दै आफ्नो दिनचर्या चलाउँदै आउनुभएका शिक्षक श्रेष्ठ भन्छन्, ‘विज्ञान र प्रविधिका कारण विद्यार्थीहरू धेरै जानकार भइसकेका छन् । त्यो अनुसार शिक्षकले आफूलाई अपडेट…
Read More
तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौँ, २८ पुस । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रूपमा उठिरहेको छ। नेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रूपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरू निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम। फ्युचर एजुकेसन अफ साइन्स एन्ड टेक्नोलोजी कम्पनीले…
Read More
अत्यधिक चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द

अत्यधिक चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द

मुकेश कुमार यादव/न्युज कारखाना सिराहा, २४ पुस । सिराहामा लगातार चिसो बढ्न थालेपछि पालिकाहरूले सामुदायिक विद्यालयहरू धमाधम बन्द गर्न  थालेका छान्। शितलहर तथा चिसोका कारण विद्यार्थीको  स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको गर्ने सूचना जारी गर्न थालेका हुन्। सिराहाको गोलबजार नगरपालिकाले आज मङ्गलवार सूचना जारी गर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने सूचना जारी गरेको शिक्षा शाखा अधिकृत सुबोध कुमार लामा जनाएको छ। शिक्षा शाखा अधिकृत  लामाले माघ २ गते मात्र विद्यालय खुल्ने जनाएको छ। चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँ पालिकाले पनि आजबाट लागू हुने…
Read More
इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन, नेपालमै राम्रो स्कोप छ: विज्ञ

इन्जिनियरिङका विद्यार्थी विदेश जानु पर्दैन, नेपालमै राम्रो स्कोप छ: विज्ञ

भक्तपुर, २२ पुस । विज्ञहरूले इन्जिनियरिङका विद्यार्थीका लागि स्वदेशमै राम्रो स्कोप रहेको अनुभव सुनाएका छन् ।   उनीहरूले अरू विषयका विद्यार्थी विदेश गए पनि इन्जिनियरिङका विद्यार्थीका लागि त्यो आवश्यक नभएको अनुभव साटे । उनीहरूले इन्जिनियरिङका विद्यार्थीले यही नै राम्रो काम र दाम पाउने बताए । त्यस कारण विदेश नजान उनीहरूले अनुरोधसमेत गरेका छन् ।   नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरबाट सिभिल इन्जिनियरिङ र सिभिल एन्ड रुलर इन्जिनियरिङको पढाई पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रममा उनीहरूले हरेक हिसाबले इन्जिनियरिङका विद्यार्थीलाई नेपालमै राम्रो रहेको सुनाए । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन डा राजेश ठकुराठीले मेहनतका साथ काम गरे इन्जिनियरहरूलाई नेपालमै राम्रो रहेको…
Read More