06
Apr
काठमाडौँ । इरान र इजरायलबिच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि दुवै देशबिच तनाव बढेको हो । सो आक्रमणमा दुई इरानी सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । यस विषयमा इरानले अमेरिकालाई इरान र इजरायलबिच नआउन चेतावनी पनि दिएको छ । इरानी राष्ट्रपतिका राजनीतिक मामिलाका लागि डेपुटी चिफ अफ स्टाफ मोहम्मद जमशिदीले अमेरिकालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जालमा नपर्न चेतावनी दिँदै यस विषयमा टाढा बस्न आग्रह गरेका थिए । यद्यपि अमेरिकाले उक्त धम्कीप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन । यसैबिच अमेरिकी…