19
Apr
जाकार्ता, ७ वैशाख । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । मिडिया रिपोर्टका अनुसार सो भयानक विस्फोट उत्तरी सुलावेसी प्रान्तमा भएको हो। पहिलो विस्फोट मङ्गलवार राति भएको थियो भने बुधवार लगातार चार वटा विस्फोट भएको थियो । जसका कारण उक्त क्षेत्रको अवस्था नाजुक बनेको छ । ज्वालामुखी एजेन्सीले खतराको स्तरमा उच्च सतर्कता स्तर ४ मा बढाएको छ। समाचार अनुसार निषेधित क्षेत्रको आकार ४ बाट ६ किलोमिटरसम्म बढाइएको छ । रुआङका ८०० भन्दा बढी बासिन्दाहरूलाई पहिलो पटक राज्यको राजधानी मनाडोबाट १०० किलोमिटर टाढा टागुलान्डाङ टापुमा लगिएको छ । निषेधित क्षेत्र विस्तार भए पछि बिहीबार…