Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
यस पटककाे विपश्यना : सधैँका भन्दा फरक अनुभूति  - Gyaan Ghar

Gyaan Ghar

Advertisement

यस पटककाे विपश्यना : सधैँका भन्दा फरक अनुभूति 

  • वाशिष्ठ

विपश्यना गर्न के गर्नु पर्छ ? सबैभन्दा पहिला आचारसंहिता पालना गर्नुपर्छ । जसलाई पञ्चशील पनि भनिन्छ । १.म जीव हत्या(हिंसा)गर्ने छैन, २. चोरी गर्ने छैन, ३.म दुराचार गर्ने छैन, ४.म झुटो बोल्ने छैन र ५. म नशालु पदार्थ सेवन गर्ने छैन भनेर आफ्नो कुलत छ भने पनि यी पाँच प्रतिज्ञा पालन गरेको हुनु पर्छ । यही सिलसिलामा मलाई अहिले सम्म पनि याद छ ।

मेरो पहिलो शिविरको बेला क्षेत्रीय आचार्य रुपज्योतिले १३ वर्ष अघि  ओरेन्टेसनमा भनेको कुरा, जीव हत्यामा मच्छर पनि नमार्नु र दुराचारमा महिलाको शरीरतिर कर्के नजरले पनि नहेर्नु ।अहिले सम्म त्यो शब्द बिर्सेको छैन । यो वाणी मेरा लागि आदर्श बनेको छ । म कतै विवरणको ठाउँमा लेख्ने बेला भने महिला पुरुषको कोठामा पुरुष लेख्ने गर्छु तर अरू पुरुषत्व भएका राशलीलामा मनोरञ्जन गर्ने पुरुषका अगाडी म भने उनका नजरमा नपुंसक हुँ ।

विपश्यना भन्दासाथ कसैलाई लाग्दो रहेछ चुपचाप बस्ने, १२ दिन नबोलेमा बौलाहा भइन्छ । ह्या काम गर्न छोडेर यो उमेरमा विपश्यना जाने हो र ? ध्यान ज्ञान त उमेर गएपछि गर्ने हो । साँझपखको खाना दिँदैन रे ।  पैसा कति लिन्छ ? कहाँ हो त्यो ठाउँ ? त्यहाँ के गर्नु पर्छ ? फेरी मेरी आमाको जिज्ञासा त ध्यान गरेर कति आम्दानी हुन्छ ?  कसैलाई भनिहालियो भने यो कसैले सुन्न चाहँदैनन् । कोही भने यसलाई खोजी खोजी गइसकेका हुँदा रहेछन् । यो अभ्यासको विद्या भएकाले लेखेर चर्चा गर्ने विद्या होइन । तैपनि अनुभूति साट्नलाई लेख्ने धृष्टता गरेँ

एक जना विपश्यनाको आचार्यको  संवाद सुनेको, एकजना विपश्यना गर्ने भनेर पिपलको वरिपरि अगरबत्ती बाल्दै थिए रे ! विपश्यनाको प्रवचन दिँदै यसरी विपश्यना हुन्छ फलानो ठाउँ पनि भन्दै थिए रे ! जसलाई लक्षित गरेर उनले प्रवचन दिए, उनका मान्छे कोही आएनन् । बाटोमा चाख दिएर कुरा सुनेका एकजना व्यक्ति विपश्यना गएर विपश्यनाको अनुभव लिएर आएछन् ।

आज मिति २०८० चैत्र २१ गते सात आठ वर्षबाट भेट नभएका भान्दाजु र भाउजूसँग बागबजारमा भेट गरियो । सँगै बसेर खाजा खाइयो ।पारिवारिक सम्बन्धका गफहरू भए । दाजु  खासमा योग शिक्षक हुनुहुन्छ । वाल्मीकि विद्यापीठमा तत्कालीन समयमा आफूलाई पढाएका गुरुको नाम लिनुभयो ।  त्रिविको पिजिडी योग र स्नातकोत्तर योगको पनि चर्चा भयो । आफूलाई तत्कालीन समयमा पढाउने गुरु नै पिडिजी पढाउन जानुहुँदो रहेछ भन्नुभयो ।

मैले दाजुसँग जिज्ञासा राखेँ । दाजु योग गर्न धेरै प्रयत्न गरेँ । मेरो शरीरले योगका स्टेपहरू लिन सकेन । मानौँ योगको शैलीमा शरीरलाई अभ्यस्त बनाउन सकिन  किनभने मैले लामो समय विपश्यना गरेकाले कहिलेकाहीँ शरीरलाई स्वस्थ बनाउन हठ योग भए पनि योग आवश्यक चिज हो । मैले त्यही पनि लिन सकिन । के गर्ने होला ? भनेको उत्तरमा हामीले योग गरे पनि कहाँको विपश्यना कहाँको योग ? तुलना हुन सक्दैन एकै चोटि सकिँदैन बिस्तारै अभ्यास गरेर शारीरिक शरीरलाई स्वस्थ राख्न बिस्तारै सिक्ने । मुलत: विपश्यनालाई अगाडी बढाएर जाने सुझाव प्राप्त भयो । 

अब माथिका सार्वजनिक प्रश्नको उत्तर दिनेतिर लागेँ विपश्यना भनेको के हो ? विपश्यना भनेको विशेष रूपले आफूले आफैलाई विशेष रूपले गहिरो सँग हेर्नु हो । सबैभन्दा पहिला त्यहाँ मनको कुरा आउँछ  मनमा आउने राग र द्वेषलाई हेर्ने हो । राग भनेको राम्रो —राम्रो, द्वेष भनेको नराम्रो —नराम्रो  । 

मन कहाँ जान्छ ? मन या त भूतकालमा जान्छ या त भविष्यका योजना बनाउन लाग्छ । म यस्तो गर्ने छु, म उस्तो गर्ने छु आदिमा जान्छ । मनलाइ अहिले वर्तमानमा राख्ने अभ्यास गर्ने विधि हो, विपश्यना ।

विपश्यना गर्न के गर्नू पर्छ ? 

सबैभन्दा पहिला आचारसंहिता पालना गर्नुपर्छ । जसलाई पञ्चशील पनि भनिन्छ ।

१.म जीव हत्या(हिंसा)गर्ने छैन , २. चोरी गर्ने छैन ३.म दुराचार गर्ने छैन ,४.म झुटो बोल्ने छैन र ५. म नशालु पदार्थ सेवन गर्ने छैन भनेर आफ्नो कुलत छ भने पनि यी पाँच प्रतिज्ञा पालन गरेको हुनु पर्छ । यही सिलसिलामा मलाई अहिलेसम्म पनि याद छ, मेरो पहिलो शिविरको बेला क्षेत्रीय आचार्य रुपज्योतिले १३ वर्ष अघि  ओरेन्टेसनमा भनेको कुरा, जीव हत्यामा मच्छर पनि नमार्नु र दुराचारमा महिलाको शरीरतिर कर्के नजरले पनि नहेर्नु । अहिलेसम्म त्यो शब्द बिर्सेको छैन । यो वाणी मेरा लागि आदर्श बनेको छ । म कतै विवरणको ठाउँमा लेख्ने बेला भने महिला पुरुषको कोठामा पुरुष लेख्ने गर्छु तर अरू पुरुषत्व भएका राशलीलामा मनोरञ्जन गर्ने पुरुषका अगाडी म भने उनका नजरमा नपुंसक हुँ ।

त्यस्तै कामका सिलसिलामा कहिलेकाहीँ महिलासँग पनि काम गर्नु पर्छ । त्यस्तो बेलामा पनि मैले भन्ने गरेको छु । आफूलाई केटी वा महिला भनेर ह्युमिलेसनमा राखेर चापमा राखेर काम गर्नु परेको छ भने म देख्दा त लोग्ने मान्छे हुँ । केटो देख्ने गरेको छ भने सङ्गत नै नगरौँ । दाजुभाइ देख्ने गरेको छ भने मात्रै सङ्गत गरौँ भन्ने गर्छु ।

केटालाई केटी, केटीलाई केटा त स्वाभाविक रूपले विपरीत लिङ्गको आकर्षण हुन्छ भनेर विज्ञानले प्रमाणित गरेको छ । केटा र केटी देखेपछि त त्यो विज्ञानको सम्बन्धमा मान्छे आकर्षित हुन्छ ।  दाजुभाइ दिदीबहिनी देखे पछि पवित्र नातामा परिणत हुन्छ । कुन नजरले हेर्ने भन्ने कुरा आउँछ ।यस्तैमा उहिल्यै अन्तर्राष्ट्रिय बाल शिविरको तालिम गएको एकजना आचार्यले हाम जहाँको भए पनि धम्म ब्रदर धम्म सिस्टर भनेको याद छ । तर नाम भने बिर्से उहाँ आचार्यको । यही विपरीत आकर्षणको कुरा मैले विज्ञानले यसो भन्छ भनेर कोर्समा पढाई हुन्छ । हामी कसरी बदल्न सक्छौ ? तिनलाई भन्दा प्रशिक्षक दिदीले जसले भनेको बुझ्छन् तिनीहरू आउने हो । सबैको ठेक्का लिन सकिँदैन भन्नुभयो ।

मेरा पनि नजर छन् नजरले कसैले गरेको व्यवहार त देख्छ नि । त्यसैले खराब दृश्य सकभर आँखाले देख्न नपरोस् भन्ने हुन्छ । अनि त्यस्तै कुनै खराब शब्द हुन्छ । त्यो विकार कानले सुन्न नपरोस् भन्ने हुन्छ । मेरा आजसम्मका अनुभवमा कोही केटी साथी न थिए न बनाएँ । जति छन् थिए जहाँका थिए छन् दिदी बहिनी छन् । काम विशेषले महिला दिदीबहिनीसँग पनि सङ्गत गर्नुपर्ने हुन्छ । म खासमा सर म्याडम भन्न मन पराउँदैन ।पुरुषलाई दाजु भाइ र महिलालाई दिदी या बहिनी भन्छु । यो साइनो जीवन्त हुन्छ ।

एक प्रसङ्ग छ, कीर्तिपुरमा म डेरामा बस्ने घरको पल्लो घरमा बाहिरबाट त म नमस्ते गरिरहन्थे । प्रोफेसर भन्ने थाहा थियो सरसँग नजिकबाट चिनजान थिएन । एक दिन म्यामले सर माथि आउनु न भन्नुभयो । माथी गइयो अनि विविध गफ चले । अनि मैले आज मात्रै आउन त म जे पनि भनुँला फेरी पनि आउनु भन्ने भए म म्याम होइन दिदी भन्छु भने । उतापट्टि रहेकी सानी छोरीले ओन टु …गर्दै सेभेन्थ मामा भनिन् । म उनको सेभेन्थ मामा आजसम्म पनि जीवन्त सम्बन्ध छ । मेरा लागि न्यास्रो मेट्न सधैँ ढोका खुल्ला छ । पूर्व जन्मको पुण्यले होला दिदीले पनि विपश्यना गर्नुभयो । उहाँले मेराभन्दा बढी बुझ्नुभयो ।

त्यस्तै कवियत्री दिदीले मैले  दिनभरि गफ गरेर समय बितायौँ । मैले सोचे आमा कीर्ति शेष भएकाले न्यास्रो मेट्न बोलाउनु भयो होला भनेर दिनभरि अरू नै कुरा गरेर दिन काटियो ।  साँझ पख दिदी भलाकुसारी मात्रै हो की खास अरु केही थियो ? भनेको त दिदीले विपश्यनाको बारे बुझाइमाग्न भन्नुभयो । मैले जाने जति बुझाएँ । दिदी कीर्तिपुरको केन्द्रमा ध्यान बसेर जानुभयो ।

माथिका केही प्रतिनिधि उदाहरण मात्रै हुन् । अब म आफ्नै अनुभूतिमा लाग्छु । खासमा यो विपश्यना भनेको आफूले आफैलाई हेर्ने हो । आफू चोर, डाँका, फटाहा सज्जन, बलात्कारी के हो ? आफ्नो मनलाई आफै जाँच्ने हो । मनको अप्रेसन हो । यसले मनमा आउने राग र द्वेषको विचारलाई हेर्ने र समता भावमा रहने हो । कुनै प्रतिक्रिया गर्ने होइन । केवल जान्ने मात्रै हो । 

यसपल्ट भने मलाई पनि राग र द्वेष मात्रै बेसरी आएछ । त्यो राग र द्वेषको बारे आचार्यसँग नै प्रश्न राखेर जिज्ञासा मेटे । नत्र आजसम्म ध्यानमा मलाई त्यसरी प्रश्न सोध्ने गरी  राग र द्वेष जागेको थिएन । 

राग के थियो ? एकजना  विपरीतसँग निकै आत्मीय गहिरो एकोहोरो प्रेम बसेछ । तर उनलाई थाहा छैन, मलाई पनि व्यवहारमा थाहा छैन । तर मनले बेसरी एकतर्फी प्रेम गर्दौ रहेछ । सदाबहार उनलाई कल्पना गर्ने मन भएछ । उनैको भजन गाउने मन भएछ । यो त मनको कुरा न हो । मन चञ्चले बाँदरे हुन्छ भन्ने पढेका छौँ । मेरो मन पनि बाँदरे भएछ । त्यो बाहिर थाहा भएन । ध्यानको एकाग्रताले जानकारी दियो । मन फलानासँग एकोहोरो रागमा छ भन्ने । 

द्वेष के भएछ भने एकजना आफन्तको मोबाइलबाट मलाई साथीत्वको माझको असमझदारी बढाउने खालको म्यासेज पठाएछ, कुनै स्कुलको पिन्सपलले । पछि बुझ्दा त्यो पिन्सिपलले म्यासेज पठाएर डिलिट हानेको रहेछ । के लेखेको थियो ? थाहा नपाउने गरी । एकछिन सोचेँ अब फोन म्यासेज केही गर्दैन भन्ने भयो । फेरी मनले मानेन फोन गरेँ । मैले होइन मोबाइल चार्जमा भए बेला त्यो म्यासेज पठाएर डिलिट हानेको थियो भन्ने जवाफ आयो । त्यो तिनको प्रिन्सिपल नामको नरपशुलाई हेर्नै नजरमा द्वेष बढेर गएछ । कति प्रश्न खेल्यो भने साइबर क्राइम देखि कानुनका ठेलीका विद्वानसँग बुझ्दा महिला भएकाले यौन दुर्व्यवहार मुद्दा हाल्ने भन्ने सुझाव आयो । यही प्रश्न आचार्यलाई सोधेपछि मनमा आउँछ विकारहरू गुणन हुन्छन् । ध्यान गर्न असहज हुन्छ । त्यसैले अहिले ध्यानमा अशान्ति हुने गरी गुनगुन नगरौँ । पछि बाहिर गएपछि कानुनी कारबाही गरे गरौला । जे छ छदैँछ । अहिले आनापाना राम्रोसँग गरौँ भन्ने जवाफ आयो ।

गल्ती गरेपनि एक जिम्मेवार विद्यालयको प्रिन्सिपल भएकाले हामी गलत भन्दा गलतलाई मैत्री दिएर असल बाटो लागुन् भन्ने शोच राख्ने भएकाले चौथो दिन विपश्यना लिने बेला सबैको मङ्गल होस भन्ने बेलामा मङ्गल मैत्री दिन सकियो । बिचरो नरपशुबाट मानव बनोस् भन्ने कामना गरियो ।  फेरी छेठौँ दिनको चेकिङमा  फेरी त्यही कुरा आचार्यले दोहोराए । पछि मैले विपश्यनाको सबैको भलो होसमा मैत्री दिन सके गुरु भने । गुरु खुसी हुनुभयो । या औषधि गलत छ भन्नुपर्छ । नत्र औषधि ठिक छ भने त्यसले ठिक काम गर्नु पर्छ हुनै पर्छ भन्नु भयो ।  प्रिन्सिपलको टाई र कुर्सिमा बसेर मात्रै हुँदैन, आफ्नै विद्यालयका महिला शिक्षकमाथि यसरी पारिवारिक सामाजिक सम्बन्धको म्यासेजमा पहुँच पुगाउने जो कोहीलाई कानुनी कारबाही हुनु पर्छ ।

अब विपश्यना कहाँ गर्न कहाँ जाने त भन्दा नेपालमा हाल क्यालेन्डरमा आएका १५ र हालसालै नख्खु जेलमा गरी १६ केन्द्रमा ध्यान चलाइन्छ । तीनको छोटकरी नाम धर्मश्रृङ्ग, धम्म तराई, धम्म जननी, धम्म चितवन, धम्म कृत्ति, धम्मागार, धम्म पोखरा, धम्म सुरियो, धम्म नन्दन, धम्म विराट, धम्म सुर्खेत, धम्म सगर, धम्म सीस, धम्म पराग र धम्म यान गरी १५ वटा ध्यान केन्द्र हाल सञ्चालनमा रहेका छन् । 

सधैँ जसो मेरो रोजाई धर्मश्रृङ्ग र धम्मकीत्ति हुने ठाउँमा । यसपल्टको अवसर भने धम्मगार कोटडाँडामा यही चैत्र महिनाको ७ गतेदेखि १८ गतेसम्म विशेष कोर्सको ध्यान लिएर आइयो  । पुरुषतर्फका आचार्य शारदामान शाक्यका साथमा मेरो पहिलो शिविरको जीवन्त आचार्य शारदामान शाक्यसँग यसपल्टको विशेष शिविरमा मैत्री लिन पाइयो । शङ्का लागेका कुरा खुलस्त राख्न पाइयो । यो अभ्यासको निरन्तरताको विद्या भएकाले यति औँ शिविर उतिऔँ भन्ने अहम् मात्रै हुने भएकाले मैले पनि यहाँ शिविर सङ्ख्या उल्लेख गर्न चाहिन । 

आचार्य शारदामान शाक्यको एक लाइन मैत्री भने राख्ने अनुमति मागेँ । खासमा उहाँ यो प्रचारमा नरमाउने भएकाले दुनियाँले हामीलाई नै बेवकुफ भन्छ । कुन जन्मका प्रतापले हो हामीले विपश्यना गर्न पाएका छौँ । हामी बुद्ध हौँ त नभनौँ । तर हामी अरूको तुलनामा ठिक ठाउँमा भएकाले हामी आफूले आफैलाई धन्यवाद भनौँ । सायद यो विपश्यना विद्यामा नगएको भए के भइन्थ्यो थाहा छैन ।

अन्तमा आज हेमराज दाजुसँग भेट भयो । उहाँले नै असहज हुँदा मेरो नाम लिएर यहाँ जानु नभनेको भए प्राकृतिक चिकित्सालय भीमसेन गोलामा गएर मैले डा हरिप्रसाद पोखरेललाई भेटेर सविस्तार नगरेको भए र उहाँले सिफारिस गरी लेखक हो पत्रकार हो भनेर सिफारिस नगरेको भए म आज यो विद्यामा कहाँ जान पाउँथे । मासाग्नीलाई हार्दिक धन्यवाद । कता गुफामा बसेको भन्नुहुन्थ्यो । हेमराज दाजु त्यसबेला नै मलाई बुझाएको भए म पाँच वर्ष अगाडी विपश्यना पाउँथे भनेर दाजुलाई गुनासो राखेँ । दाजुले पनि सहज रूपमा जहिले पाउनु लेखेको छ त्यहीले पाइन्छ भनेर भन्नुभयो । जेहोस सुने पनि मुक्त हुने शब्द विपश्यना अभ्यास गर्न पाएको छु । यो लेख्ने विद्या नभएर अभ्यास गर्ने विद्या हो ।सबैले समय मिलाएर आफ्नै राग र द्वेष हटाउन एकपटक विपश्यना अवश्य गरौँ । 

भवतु शब्ब मंगलम् । 

सबैको कल्याण होस !

 २०८० चैत्र २१ गते रात्रि १०ः४०

लेखक ः गोरखापत्र राष्ट्रिय दैनिक बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’ अन्तरगत खस जुम्ली भाषाका पृष्ठ संयोजक तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य हुन् ।  

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...