health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । इरान र इजरायलबिच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि दुवै देशबिच तनाव बढेको हो ।
सो आक्रमणमा दुई इरानी सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो ।
यस विषयमा इरानले अमेरिकालाई इरान र इजरायलबिच नआउन चेतावनी पनि दिएको छ । इरानी राष्ट्रपतिका राजनीतिक मामिलाका लागि डेपुटी चिफ अफ स्टाफ मोहम्मद जमशिदीले अमेरिकालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जालमा नपर्न चेतावनी दिँदै यस विषयमा टाढा बस्न आग्रह गरेका थिए ।
यद्यपि अमेरिकाले उक्त धम्कीप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन ।
यसैबिच अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानले इजरायली र अमेरिकी लक्ष्यमा आक्रमण गर्ने बारे अमेरिकी सेना उच्च सतर्कतामा रहेको उल्लेख गरेको छ ।
इजरायललाई इरानबाट आक्रमणको डर रहेको छ, त्यसैले इजरायलले आफ्नो जिपिएस नेभिगेसन सिस्टम बन्द गरेको छ । इजरायलले गाइडेड मिसाइलहरू अवरोध गर्न जिपिएस बन्द गरिएको मानिन्छ ।
यसबाहेक उच्च सतर्कता अपनाउँदै सबै सैनिकको बिदा रद्द गरेका छन् ।
इजरायलले इरानलाई हमास र हिजबुल्लाह जस्ता आतङ्कवादी सङ्गठनहरूलाई सहयोग गरिरह्यो भने उसको लक्ष्यलाई निशाना बनाइने सन्देश दिन सिरियामा हवाई हमला गरेको बताइएको छ । सिरियामा इरानको दूतावास छ र त्यहाँका धेरै सैनिकहरू पनि त्यहाँ छन् जो राष्ट्रपति बसर अल असदको पक्षमा विद्रोही समूहहरू विरुद्ध लडिरहेका छन् । अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै यस्तै निशाना बनाएको थियो ।
इरान र इजरायलको दुस्मनी पुरानो हो, तर इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गर्ने साहस कहिल्यै जुटाउन सकेको छैन । उनले सधैँ हमास र हिजबुल्लाह जस्ता आतङ्कवादी सङ्गठनहरूलाई समर्थन गरेर आफ्नो बदला लिने गरेको छ । अब इरानले इजरायललाई सीधै निशाना बनायो भने सबैभन्दा ठुलो खतरा यो युद्ध मध्यपूर्वमा फैलिने अनुमान गरिएको छ ।
यसैबिच हिजबुल्लाह प्रमुख सय्यद हसन नसरल्लाहले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमण अक्टोबर ७ यताकै सबैभन्दा ठुलो हमला भएको बताएका छन् । उनले यस कारणले युद्ध निर्णायक मोडमा पुगेको टिप्पणी गर्दै अब इरानले इजरायलमाथि पक्कै आक्रमण गर्ने बताएका छन् ।