health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

क. विप्लवले २०८० साल चैत १९ गते राजधानी स्थित एउटा टिभीलाई अन्तरवार्ता दिनु भएको छ ।त्यो अन्तरवार्तामा उहाँले व्यक्त गर्नु भएका विचारमा प्रशस्तै अलमल देखिएको छ ।हुन त का. विप्लवका कैयौँ राजनीतिक कदम अलमलमा नै बितेको पाइन्छ ।
१.प्रचण्डले क्रान्तिलाई धोका दिएको भन्दै क्रान्तिलाई जारी राख्ने नाममा उहाँले शान्ति र संविधानमा जोड दिनुको सट्टा सशस्त्र कारबाहीमा लाग्नु भयो ।त्यो सशस्त्र कारबाही सफल हुने प्रश्न नै थिएन ।अन्तमा केही कार्यकर्ताहरूको अनाहकको बलिदानी पछि शान्तिपूर्ण राजनीतिमा आउनु पर्यो ।
२.शान्तिपूर्ण राजनीतिमा आए पनि वर्ग सङ्घर्ष,सशस्त्र सङ्घर्षको अनिवार्यता तथा सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तलाई अङ्गीकार गर्दै पार्टीको कार्यदिशा तय गर्न सकिन्छ ।त्यो कार्यमा का.विप्लव अलमलमा रहनु भयो ।जसको परिणाम संशोधनवादी धारमा पतन भइसकेको माओवादीसँग पार्टी एकताका लागि का. विप्लवले प्रयास गरिरहनु भएको छ ।उनीहरू बिचको पार्टी एकताका लागि का. विप्लव लालायित पनि छन् । माओवादी केन्द्रले क्रान्तिको सिद्धान्त परित्याग गरी सकेको हुनाले नै का.विप्लवहरूले मूल पार्टीसँग विद्रोहको बाटो अपनाएको दाबी गरेका हुन ।त्यो दाबिले पनि हावा खायो ।
३.का.विप्लवले शान्तिपूर्ण राजनीतिमा आए पछि जनमत सङ्ग्रहको माध्यमबाट वैज्ञानिक समाजवादमा जाने नारा सार्नु भयो ।संसारको कुनै मुलुकमा अझ त्यसमा पनि संसदीय व्यवस्था भित्र वैज्ञानिक समाजवादकालागि जनमत सङ्ग्रह भएको वा जनमत सङ्ग्रहबाट वैज्ञानिक समाजवाद स्थापना भएको देखिँदैन ।सशस्त्र सङ्घर्षको बलमा नै प्रतिकृयावादी व्यवस्थालाई ढालेर नै समाजवादको स्थापना हुन्छ ।जनमत सङ्ग्रहबाट वैज्ञानिक समाजवादमा जाने विप्लवको ताई न तुइकोे नाराले हावा खानु नै थियो ।
४. जनमत सङ्ग्रहबाट वैज्ञानिक समाजवादमा जाने नाराले हावा खाए पछि अहिले आएर का. विप्लव नेपाली मोडेलको समाजवादको खोजीमा हुनहुन्छ ।त्यो मोडेल कस्तो हुन्छ ?स्पष्ट नै छ बुर्जुवा व्यवस्थालाई सत्ता च्युत गरेर होइन ।एमाले,काँग्रेस मदेसवादी यहाँसम्म कि घण्टी पार्टीसम्मलाई मान्य हुने समाजवादको मोडेलको खोजीमा हुनहुन्छ ।त्यसकालागि उहाँले विभिन्न दलसँग छलफल पनि चलाइ रहेको दाबी गर्नु भएको छ ।बाघ र बाख्रालाई एउटै खोरमा राखेर समाजवादको मोडेलको कल्पना गर्नु कस्तो हास्यास्पद ?
५.विद्यमान व्यवस्था भित्र समाजवादका कतिपय आधार तयार पार्न सकिने कुरालाई अस्वीकार गर्न सकिन्न ।ल्याटिन अमेरिका अन्तर्गतका कैयौँ मुलुकमा वामपन्थीहरू चुनावको माध्यमबाट जितेर आए पछि त्यहाँका खानी, प्राकृतिक श्रोत साधन अर्थतन्त्रमाथिको साम्राज्यवादी प्रभुत्वको अन्त गरेर राष्ट्रिय स्वामित्व कायम गरेका थिए र छन् ।यो गर्ने क्रममा पनि अमेरिकासँग ठुलै सङ्घर्ष गर्नु परेको थियो ।अमेरिकाको हित विरोधी सरकारलाई अपदस्थ गर्न ,आर्थिक नाकाबन्दी लाद्न ,नेताहरूको हत्या षडयन्त्र गर्न ,सैन्य विद्रोह गराउन अमेरिकाले कुनै कसर बाँकी राखेको थिएन ।तर साम्राज्यवादी स्वार्थका विरुद्ध त्यस प्रकारको जोखिम लिएर काम गर्न सक्ने ल्याकत प्रचण्ड,ओली वा विप्लव हरुले राख्दैनन् ।
६.विचार, राजनीति र सिद्धान्तमा यस प्रकार अलमलले अवसरवाद जन्माउँछ ।का. विप्लवको मूल प्रवृत्ति त्यही हो ।तर वर्तमान परिवेशमा का. विप्लवले पहिला झैँ यो गणतन्त्रको काम छैन ।यसलाई खतम गर्नुपर्छ भनेर बाम कोणबाट वर्तमान गणतन्त्रमाथि प्रहार गरेर प्रतिगमनलाई मदत पुर्याउनु नीतिमा सुधार गर्नु भएको छ ।यो सकारात्मक कुरा हो ।वर्तमानमा प्राप्त उपलब्धिको रक्षा गरेर नै आगामी थप अधिकार तथा समानताको बाटो तय गर्नुपर्छ ।