Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking News 1 Archives - Page 36 of 52 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 1

इजरायली हमलामा प्यालेस्टाइनका पूर्व मन्त्री मारिए

इजरायली हमलामा प्यालेस्टाइनका पूर्व मन्त्री मारिए

गाजा, १६ पुस । इजरायली हमलामा प्यालेस्टाइनका एक पूर्व मन्त्री मारिएका छन् ।   प्यालेस्टाइनी अथोरिटीका एक पूर्व मन्त्री आइतबार गाजा पट्टीमा रहेको उनको घरमा इजरायली हमलामा मारिएका हुन ।   हमासको स्वास्थ्य मन्त्रालयका अनुसार प्यालेस्टिनी प्राधिकरणका ६८ वर्षीय पूर्व धार्मिक मामिला मन्त्री युसेफ सलामा मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा भएको आक्रमणमा मारिएका हुन ।   प्यालेस्टाइनी न्युज एजेन्सी वाफाका अनुसार प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बासको पार्टी फताहको नजिकका नेता हुन । पूर्व मन्त्री सलमाले फेब्रुअरी २००५ देखि मार्च २००६ सम्म मन्त्रीको रूपमा काम गरेका थिए । उनी जेरुसेलमको पुरानो सहरको अल–अक्सा मस्जिदमा प्रचारकको रूपमा पनि सेवा गरेका…
Read More
वडा अध्यक्ष रिहाइको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

वडा अध्यक्ष रिहाइको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

मुकेश कुमार यादव सिराहा, १४ पुस। चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाइ गर्न माग गर्दै कर्जन्हा नगरपालिका मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्। कानुन विपरीत उत्खनन सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाइको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दीपुरमा सडक जाम गरेको हो। सडक जामका कारण सयौँ सवारी साधन र हजारौँको सङ्ख्यामा यात्रुहरू अलपत्र परेका छन्। विभिन्न कामले हिँडेका यात्रुहरू विना कारण बिच बाटोमा बिचल्लीमा परेका छन्। वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिराहाले…
Read More
अवैध उत्खननको आरोपमा वडाध्यक्ष र क्रसर सञ्चालक पक्राउ

अवैध उत्खननको आरोपमा वडाध्यक्ष र क्रसर सञ्चालक पक्राउ

मुकेश कुमार यादव सिराहा, १४ पुस।  चुरे तथा वन क्षेत्रबाट अवैध रूपमा ढुङ्गा,गिट्टी,बालुवा र ग्राभेल उत्खननको सिफारिस दिएको भन्दै अध्यक्ष र क्रसर सञ्चालकलाई डिभिजन वन कार्यालय लहान सिराहाले पक्राउ गरी हिरासतमा राखेको छ।   वन क्षेत्रमा पोखरी गैर कानुनी ढङ्गले उत्खनन सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष फणीन्द्र पोखरेल र कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहम्मद खलिल राइनलार्ई पक्राउ गरेको हो। डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्स्काभेटर प्रयोग गरी अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस गरी सहयोग गरेको आरोपमा वडा अध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको…
Read More
रुसले गरयो अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्यो, ‘पश्चिमाको थप सहयोग चाहियो’

रुसले गरयो अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्यो, ‘पश्चिमाको थप सहयोग चाहियो’

किभ, १४ पुस । रुस र युक्रेनबिच झन्डै दुई वर्षदेखि जारी युद्ध चलिरहेको छ तर रोकिने अवस्था अझै देखिँदैन । शुक्रवार मात्रै रुसले युक्रेनी सहरमा भीषण मिसाइल आक्रमण गरेको छ । जसका कारण देशभर १८ जना सर्वसाधारण मारिएका छन् भने ८६ जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रवार रुसले युक्रेनमा कुल १२२ मिसाइल र २६ ड्रोनहरू प्रहार गरेको थियो, जसले युक्रेनमा ठुलो क्षति पुर्‍याएको छ।   युक्रेनी वायुसेनाका एक अधिकारीले २२ महिना लामो युद्धमा यो नै रुसले गरेको सबैभन्दा ठुलो हवाई हमला भएको बताए ।   युक्रेनी सेना प्रमुख भ्यालेरी जालुज्नीले युक्रेनी वायुसेनाले आक्रमण…
Read More
भारतको वण्डर्स नोयडालाई हराउँदै पुलिस प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

भारतको वण्डर्स नोयडालाई हराउँदै पुलिस प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, १३ पुस । नेपाल पुलिस क्लब वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वण्डर्स क्लब नोयडामाथि ४ रनको रोमाञ्चक जित निकाल्दै फाइनलमा पुगेको हो । नेपाल पुलिसले दिएको ११३ रनको लक्ष्य पछाएको नोयडा २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा रोकिएपछि पुलिस ४ रनले विजयी भएको थियो । नोयडामाथि रोमाञ्चक जित निकाल्ने क्रममा पुलिसका बलर सगर ढकालले ३, रसिद खानले २ तथा ललित राजवंशी र शेर मल्लले एक एक विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै…
Read More
एनआरएनएको असन्तुष्ट समूहले बोलाए अलग भेला

एनआरएनएको असन्तुष्ट समूहले बोलाए अलग भेला

काठमाडौँ, १३ पुस । गैर आवासीय नेपाली सङ्घका असन्तुष्ट समूहले अलग भेला बोलाएका छन् ।   गत एनआरएनए निर्वाचनमा पराजित अध्यक्षका प्रत्याशी आरके शर्मा समूहले अलग भेला बोलाएका हुन । गत अगस्टमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि दाबी गर्दै आएका शर्माको समूहले कार्य विभाजनमार्फत संस्थालाई चुस्त र गतिशील बनाउने योजना बनाएको भन्दै अलग भेला बोलाएका हुन । जसअनुसार सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को बैठक आह्वान गरेका हुन । शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेको आरोप लगाउँदै आएका छन् । परराष्ट्र मन्त्रालयले आफूहरूलाई छिट्टै न्याय दिने…
Read More
प्रधानमन्त्री कप महिला टी- २० मा प्लेअफमा पुग्ने चार टिमको टुङ्गो

प्रधानमन्त्री कप महिला टी- २० मा प्लेअफमा पुग्ने चार टिमको टुङ्गो

काठमाडौँ, १३ पुस । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफमा पुग्ने चार टिमको टुङ्गो लागेको छ ।   जारी प्रतियोगितामा लगातार ६ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।   त्यस्तै कोसी प्रदेशले ६ मध्ये ५ खेलमा जित र एक हारसहित १० अङ्क हासिल गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।   त्यसै गरी सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले ६ खेलमा ४ जित र २ हार सहित ८-८ अङ्क हासिल गर्दै तेस्रो र चौथो स्थानमा रहेर प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।  …
Read More
अपत्यारिलो घटनाभित्र उपन्यास

अपत्यारिलो घटनाभित्र उपन्यास

* सुमन पोख्रेल मजगैया नपत्याउने कुरा पनि पत्याउने भइदिन्छ । १८ वर्षे युवकले दुइटा उपन्यास लेखिभ्याएछ । त्यो पनि राेल्पाली ठिटोले । पहिलो उपन्यास त १२ वर्षे उमेरमै रे । "रे"भनियो भने किंवदन्ती हुन्छ । लेखेकै हो । घरायसी वातावरण नै कलम र किताबको चर्चामय हुन्छ भने त्यसको प्रभाव पर्ने नै भयो । तर यो पनि अकाट्य होइन । सायद सहज प्रतिभाको उन्मेष पनि होला । साहित्यमा अध्ययन, चिन्तन र मननको पनि रसायन मिल्नुपर्छ । यो निजी गुण पनि हो । तर परिवारका सदस्यको धाप मिल्यो भने त्यसले चूडान्त प्राप्त गर्छ । केटाका आमातिर एक विहङ्गावलाेकन गर्छु । दाङको बिजाैरीका…
Read More
गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौँ, १२ पुस । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।   सर्वोच्च अदालतले उक्त रिटको पेसी शुक्रवारका लागि तोकेको छ । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्नेमा गभर्नर अधिकारीको योग्यता सोअनुसार नभएकाले नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ । रिटमा निवेदकहरूले गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको दाबी गरेका छन् । सो योग्यता स्नातकोत्तर वा…
Read More
क्रिकेटर लामिछानेको मुद्दाको सुनवाइ जारी, आजै फैसला आउन सक्ने

क्रिकेटर लामिछानेको मुद्दाको सुनवाइ जारी, आजै फैसला आउन सक्ने

  काठमाडौँ, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौँमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ ।   बुधवार पनि सुनुवाइ नसकिए पछि जिल्ला अदालतले मुद्दालाई बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने विरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आङ्कलन गरिएको छ । हिजोको सुनवाइमा वादी नेपाल सरकार जाहेरवालको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।   बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान…
Read More