health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

सिराहा, १४ पुस। चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाइ गर्न माग गर्दै कर्जन्हा नगरपालिका मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्।
कानुन विपरीत उत्खनन सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाइको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दीपुरमा सडक जाम गरेको हो।
सडक जामका कारण सयौँ सवारी साधन र हजारौँको सङ्ख्यामा यात्रुहरू अलपत्र परेका छन्। विभिन्न कामले हिँडेका यात्रुहरू विना कारण बिच बाटोमा बिचल्लीमा परेका छन्।
वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिराहाले शुक्रवार पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखेको छ। वन क्षेत्रभित्रको जग्गामा पोखरी खन्ने गैर कानुनी ढङ्गले सिफारिस दिएको भन्दै वन कार्यालयले वडा अध्यक्ष पोखरेललाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले सडक खुलाउने प्रयास भईरहको जनकारी दिए।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सबैले आ–आफ्नो अधिकार क्षेत्र भित्र रहेर काम गर्नु पर्ने भन्दै वन कार्यालयले अधिकार क्षेत्र नाघेको बताए। उनले भने सबैले आ–आफ्नो अधिकार क्षेत्रमा रहेर काम गर्नु पर्छ, निजी जमिनमा खन्दा पनि वनले जनप्रतिनिधि नियन्त्रणमा लिनु अधिकार क्षेत्र बाहिरको काम भएको बताए।
निजी जमिनमा उत्खनन गर्दा पनि सरोकारवालाहरू सँगको सहमतिमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेर मात्र उत्खनन गर्न पाउने कानुनी प्रावधान रहेको छ। तर, पोखरी खन्ने र जमिन सरसफाइको नाममा ठेकेदारलाई सिफारिस दिनु गैर कानुनी भएको स्थानीय अधिकारकर्मी हरूको कथन रहेको छ।
उनीहरूले जनप्रतिनिधि र ठेकेदारको मिलेमतोमै जथाभाबी उत्खनन भइरहेको बताएको छ।
विभिन्न प्रलोभनका कारण सिरहका उत्तरी क्षेत्रका वडाहरूको ग्राभेल उत्खनन गर्न वडा अध्यक्षहरूले पोखरीको सिफारिस दिने गरेको छ। उत्तरी क्षेत्रमा पानी पोखरी नफस्टाए पनि यहाँबाट ग्राभेल तस्करहरूलाई सहज पार्न वडा कार्यालयको मिलेमतोमै पोखरी खन्ने सिफारिस दिने गरेको स्थानीयको आरोप छ।