Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
रुसले गरयो अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्यो, 'पश्चिमाको थप सहयोग चाहियो' - Gyaan Ghar

Gyaan Ghar

Advertisement

रुसले गरयो अहिलेसम्मकै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्यो, ‘पश्चिमाको थप सहयोग चाहियो’

किभ, १४ पुस । रुस र युक्रेनबिच झन्डै दुई वर्षदेखि जारी युद्ध चलिरहेको छ तर रोकिने अवस्था अझै देखिँदैन ।

शुक्रवार मात्रै रुसले युक्रेनी सहरमा भीषण मिसाइल आक्रमण गरेको छ । जसका कारण देशभर १८ जना सर्वसाधारण मारिएका छन् भने ८६ जना घाइते भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रवार रुसले युक्रेनमा कुल १२२ मिसाइल र २६ ड्रोनहरू प्रहार गरेको थियो, जसले युक्रेनमा ठुलो क्षति पुर्‍याएको छ।

 

युक्रेनी वायुसेनाका एक अधिकारीले २२ महिना लामो युद्धमा यो नै रुसले गरेको सबैभन्दा ठुलो हवाई हमला भएको बताए ।

 

युक्रेनी सेना प्रमुख भ्यालेरी जालुज्नीले युक्रेनी वायुसेनाले आक्रमण गर्नुअघि ८७ मिसाइल र २७ प्रकारका ड्रोन खसालेको बताए। वायुसेना कमान्डर माइकोला ओलेशचुकले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन् यो फेब्रुअरी २०२२ मा रुसको पूर्ण स्तरीय आक्रमण पछिको सबैभन्दा ठुलो हवाई हमला हो।

 

युक्रेनी वायुसेनाका अनुसार यसअघिको सबैभन्दा ठुलो आक्रमण नोभेम्बर २०२२ मा भएको थियो, जब रुसले युक्रेनविरुद्ध ९६ वटा मिसाइल प्रहार गरेको थियो। यो वर्षकै सबैभन्दा ठुलो हमलाको कुरा गर्ने हो भने गत मार्च ९ मा रुसले युक्रेनका विभिन्न सहरमा जम्मा ८१ वटा मिसाइल प्रहार गरेको थियो ।

 

युक्रेनी अधिकारीहरूले देशका पश्चिमी सहयोगीहरूलाई शुक्रवारको जस्तै हवाई आक्रमणबाट आफूलाई बचाउन थप हवाई सुरक्षा उपलब्ध गराउन आग्रह गरेका छन्। उनले आफ्ना पश्चिमी मित्र राष्ट्रहरूलाई पनि सहयोग जारी राख्नसमेत आग्रह गरेका छन् ।

 

युक्रेनी अधिकारीहरूले लगभग १८ घण्टाको आक्रमणमा कम्तीमा ८६ जना घाइते भएका र अज्ञात सङ्ख्यामा मानिसहरू भग्नावशेष मुनि दबिएको र तिनीहरूलाई बाहिर निकाल्ने काम भइरहेको बताए। युक्रेनमा क्षतिग्रस्त भवनहरूमा अस्पताल, अपार्टमेन्ट ब्लक र स्कुलहरू समावेश छन्।

 

यस भयानक आक्रमणको बारेमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोसल मिडिया प्लेटफर्म भने, ‘आज (शुक्रवार) रुसले आफ्नो शस्त्रागारमा लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेको छ।’

 

उनका अनुसार क्रेमलिन (रुस) को सेनाले ब्यालिस्टिक र क्रुज मिसाइलसहित विभिन्न प्रकारका हतियारहरू प्रयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...