07
Jan
टोकियो, २२ पुस । जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण २ सय अझै बेपत्ता भएका छन् । र, सो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ । राहत र उद्धारकर्मीहरूले भग्नावशेषमुनि पुरिएका व्यक्तिको खोजी गरिरहेका छन् । अल जजीराका अनुसार अनुसार जापानले झन्डै ८ वर्षयताकै सबैभन्दा घातक भूकम्पको सामना गरेको छ, जसका कारण देशका धेरै भागको अवस्था निकै खराब छ । भग्नावशेषमा आफ्ना प्रियजनलाई खोज्ने धेरै मानिस छन् । अधिकारीहरूले शनिवार भनेका छन् कि २०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्।…