22
Dec
सहर पसेपछि आफ्नो जन्मथलो बिर्सने गरिन्छ । अझ आफ्नो पेसा र व्यवसायमा व्यस्त भएपछि आफ्नो गाउँघरको कुरा गर्ने फुर्सत पनि हुँदैन । तर त्योभन्दा फरक जीवनशैलीमा क्रियाशील छन् काठमाडौँ नयाँबजारका औषधि व्यवसायी रेसम श्रेष्ठ । व्यक्तिगत समस्या तथा जीवन चलाउन औषधि व्यवसायमा संलग्न रहे गरे पनि उनको पुरै ध्यान आफ्नो गाउँतर्फ नै हुने गर्दछ । गाउँमा औषधिको उपलब्धता लगायत स्वास्थ्य सेवाको विभिन्न पाटाहरूमा उनी सक्रिय भइरहेका हुन्छन् । ‘जन्मेको गाउँको विकास हुनुपर्दछ, त्यहाँमा मानिसहरू सक्रिय हुनुपर्दछ’ भनेर समाजसेवी श्रेष्ठ आफ्नो गाउँमा लामो समयदेखि औषधि पसल खोल्दै आए । वि.सं. २०५९ सालमा केही साथीहरूसँग मिलेर आवश्यक प्रक्रिया पुरा गरी हेल्थ सेन्टर…