health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

मङ्सिर १५ सिराहा । सिराहा गोलबजार नगरपालिका ८ चोहर्वाका इन्द्रजित महरा स–साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना बितिसक्यो।
उनीसँगै गाएका साथीहरू १८ घण्टा काम गर्दा पनि ठेकेदारले दिने यातना खप्न नसकी भागेर घर आई सक्यो। फर्केर आएकाहरूले सुनाएको कहालीलाग्दो यातनाको कथा सुनेको दिनदेखि इन्द्रजितकी आमा ७२ वर्षीय बुधनी महराको आँखा गभाएको छैन।
बुधनीले भनिन, ‘साना नानीहरू छोडेर गएका छोराले कमाएर ल्याउला भन्ने आशा गरेको थिएँ। अहिले छोराको जीवन नै धरापमा परेको छ। सुन्छु त्यहाँ काम गर्ने वातावरण नै छैन। १८ घण्टा काम गर्नु पर्छ। साथीभाइसँग बोल्दा पनि कुटपिट गर्छ। शौचालय जाँदा पनि पाले साथ लगाउने र किल्ला ठोकेको काठले कुटपिट गर्ने गर्छ।’
साथीहरूसँगै गएका नरहा गाउँ पालिका-३ खोरियाका जुग्नु खानकी श्रीमती खात्मा खातुन पनि श्रीमान् बन्धक बनाएको खबर सुनेपछि बेचैन छिन्। राम्रो कमाई हुने भनेर गएको श्रीमान् बन्धक भएको खबर पछि श्रीमान् फर्काइदिन गाउँका अगुवाहरू गुहारी रहेकी छिन्। उनले तपाईँहरूले नै फर्काउन सहयोग गर्न समेत आग्रह गरे। उनी अहिले ३ छोरी र १ छोरा सहित घरमा बसे पनि उनको मन श्रीमान् कसरी फर्काउने भन्ने पिरलोमा छन्।
उनीहरूसँगै गोलबजार नपा ११ का प्रदीप सदा, इन्दु सदा, गोलबजार ८ चोहर्वाका शोभित उराउँ, इनरजित महरा, सरुण महारा, टेकुवा महतो, नरहा गाउँ पालिका ३ खोरियाका जुग्न खान, शमशेर खान, इरसाद, गुलजार सहित २१ जनाको समूहमा भारतको पन्जाब चामल मिलका काम गर्न गएका थिए।
पन्जाब स्थित रास मिलमा मासिक २० हजार भारतीय रुपैयाँ र खाने, बस्ने सुविधा दिने सर्तमा सिराकै सुखिपुर नगरपालिका १० का ४० वर्षीय विजय मण्डलले उनीहरूलाई गत भदौको पहिलो साता भारतको पन्जाब लगेका थिए। विजयले जाने वेला कतिपय मजदुरलाई घर खर्चको लागि पाँच हजार नगद समेत दिएका थिए।
दैनिक १२ घण्टा काम गर्ने सर्तमा गएका उनीहरूलाई दिनरात काम गराउने, एक छिन ढिलो गर्यो भने कुटपिट गर्ने, राती सुत्दा पनि बाहिरबाट कुण्डा लगाउने गरेको भागेर घर आउन सफल समिमले बताए। उनले भने, ‘१८/२० घण्टा काममा लगाउने, शौचालय जाँदा पनि पालेलाई साथ लगाउने, घरमा फोन समेत गर्न नदिने, साथीभाइको फोनबाट फोन गर्दा मोबाइल फोडिदिने र कुटपिट गर्थे। पशुलाई जस्तै व्यवहार गरेपछि हामी भाग्न विवश भयौँ।’
भागेका मध्ये मोहम्मद मुखतारले दुई तीन दिन देखि प्लान बनाइरहेका थियौँ। एक दिन राती पानी परेको मौका छोपेर पर्खाल नाघेर भागेका हौँ। भागेको चार दिनसम्म भोकै बसेर ट्रेनमा पनि टीटीसँग अनुनय विनय गरेर घरसम्म आयौँ।’ गएकामध्ये १२ जना भागेर आए पनि इनरजित महरा, जुग्नु खान, शोभित उराउँ, इरसाद खानसहित ९ जना अझै बन्धक नै छन्।
छोरा बन्धक भएको भन्ने जानकारी पाएपछि इन्द्रजितकी आमा बुद्धनी महरा र शोभित उराकी आमा/बुबा विल्टौनियाँ देवी र भोरील उराउँले अस्थायी प्रहरी पोष्ट, सुखिपुर ७ शिवचौकमा विजय मण्डलको विरुद्ध ठाडो उजुरि दिएका थिए।
उजुरी पछि कात्तिक १७ गते अभिभावs र विजय मण्डलविच १० दिनभित्र बन्धक रहेका सबै मजदुरलाई घर ल्याइदिने सहमति भएको थियो। सहमति पछि विजयलाई सुखिपुर नपा १० का वडा अध्यक्ष देवनारायण यादवको जिम्मामा लगाइएको थियो।
सहमतिको एक महिना हुन लागे पनि अहिले विजय सम्पर्कमा छैन। प्रहरीले लामो समय सम्पर्कमा नआएपछि पटक–पटक घरमा गएर खोजी रहेको बताएको छ। तर, प्रहरीले खेजीरहेको भने पनि कहिलेकाहीँ गाउँघरमा देखिने गरेको विजयकै एक छिमेकीले बताए।
जिम्मा लिएको वडा अध्यक्ष यादवसँग बुझ्दा उनले सहमति भएको दिनदेखि आफ्नो विजयसँग भेट नभएको बताए। उनले भने, ‘विजयले १० दिनभित्र सबै मजदुरलाई घर ल्याइदिन्छु भनेका थिए, त्यसपछि सम्पर्क भएको छैन, के भएको रहेछ म बुझ्छु।’
फर्केर आएकाहरूले हान ओभरसित लस्टिन लेखिएको कम्पनीमा बन्धक बनाएर राखेको बताए।