Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
‘मसालको पार्टी सदस्य बन्न बर्षौ कुर्नुपर्‍यो’ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

‘मसालको पार्टी सदस्य बन्न बर्षौ कुर्नुपर्‍यो’

  • राम कार्की

कुनै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा सिधै केन्द्रीय समितिको पद पाइहाल्ने संस्कृति विकास भएको अवस्था छ । तर नेकपा(मसाल)मा पार्टी प्रवेश गर्दा पार्टी सदस्य पाउन बर्षौ कुर्नु परेको बताउनुहुन्छ, नेता राम कार्की । महामन्त्री मोहन विक्रम सिंहसँग पार्टी सदस्यताको लागि अनुरोध गर्दा पनि ‘बाहिरबाट आउनेको परीक्षण काल बढी हुने भएकोले अझ लामो प्रक्रियामा जानुपर्ने भन्नुभएको’ बताउनु हुन्छ, नेता कार्की । 

‘आफूभन्दा तल्लो समितिमा काम गर्ने कार्यकर्ता, क्षेत्रीय स्तरको नेता हुँदा पनि आफू सदस्यताको लागि सङ्घर्ष गरिरहनु परेको’ वहाँ बताउनुहुन्छ – ‘पार्टीको प्रक्रियामा जानुपर्दछ भन्दा म लामो समयसम्म मसालको नजिकको मान्छे जस्तो मात्र भए । धेरै लामो प्रक्रिया पुरा गरेपछि मात्र यसको सदस्य बन्न सफल भए ।’ 

जनवादी मोर्चामा चेग्वेरा र माओका केही रचनाहरू पढे पनि नेता कार्की भन्नुहुन्छ, ‘मसाल मेरो मार्क्सवाद अध्ययन गर्ने पहिलो विश्वविद्यालय हो ।’ 

वि.सं.२०३८ साल तीर नेता राम कार्कीसँगै, कुमार पौडेल, शोभाखर धनञ्जय, दिलीप चौधरी लगायतका नेताहरू रामराजा प्रसाद सिंहले नेतृत्व गरेको जनवादी पार्टीबाट विद्रोह गरेर नेकपा(मसाल)मा प्रवेश गर्नुभएको थियो । ‘पार्टी प्रवेश गरेसँगै दिल्लीमा रहेको हरकेश नगरको एकता समाजको कार्यालय रहेर मजदुर सङ्गठनको बिचमा तथा नेपाली एकता पत्रिकामा जोडिएको’ बताउनुहुन्छ, नेता कार्की । 

नेता राम कार्की भन्नुहुन्छ, ‘विभिन्न पार्टीका प्रशिक्षणहरूमा गइरहन्थे ।  सोनीपतको  एउटा कार्यक्रमले मलाई निकै आकर्षित बनायो । त्यो कार्यक्रममा सहभागी हुने हैसियत अझ बनिसकेको थिएन । फरिदाबादको एउटा कार्यक्रममा गोविन्दसिंहले अनुरोध गरेर एउटा भाषण गर्ने अवसर पाएको र त्यही भाषणबाट मजदुरहरूको बिचमा चिनिएको’ वहाँ बताउनुहुन्छ–  ‘फरिदावादको भाषण पछि विभिन्न कारखाना र मजदुरहरूको बिचमा गएर प्रशिक्षण चलाउने अवसर पाइयो ।’

नेता राम कार्की नुवाकोटमा स्कुलको मास्टर पनि भइसक्नुभएको थियो । ‘मजदुरहरूको बिचमा काम गर्दा, चौकीदारको पनि नोकरी गर्नु परेको’, वहाँ बताउनुहुन्छ ।  

‘कमरेडली व्यवहार बिर्सन सक्दैन’

‘दिल्ली क्षेत्र वरिपरि मजदुर साथीहरूको कमरेडली व्यवहार, अहिले पनि बिर्सन नसकेको’ वहाँ बताउनुहुन्छ ।  दिल्लीको हरकेश नगर कार्यालय बस्दाको दुःख कष्टका साथै सङ्गठनप्रतिको उत्साहको त्यो पुरानो दिन सम्झँदै वहाँ भन्नुहुन्छ, ‘हरकेश नगर कार्यालयमा पानी, बिजुली केही थिएन । पातलो टिनको छत हुन्थ्यो । गर्मीमा एकदमै पोल्थ्यो । दिसा–पिसाब गर्न बोतल लिएर रेलको लिक वा जङ्गलतर्फ जानु पर्दथ्यो । पुरुष कहाँ जाने ? महिला कहाँ जाने ? केही थाहा हुदैथ्यो । पानी खोज्दै गएर २/३ दिनमा नुहाउन पाइन्थ्यो ।’ 

नेता कार्की भन्नुहुन्छ, ‘नेपाली एकताको सम्पादक नभए पनि सम्पादकीय हेर्ने  गर्दथे । परदेशीको चिठी लगायतका स्तम्भ थपेको थिए । त्यो स्तम्भ निकै लोकप्रिय भयो । मजदुर जीवनको कष्टकर अवस्थासँग त्यो सम्बन्धित थियो ।’ पुराना इतिहास कोट्याउँदै भन्नुभयो, ‘१५ दिन पत्रिकाको काम र १५ दिन सङ्गठनको काम गर्थे । पत्रिका बेचेपछि मात्र खान अवस्था सिर्जना हुन्थ्यो । पत्रिकाको बिक्री अनुसार के खाने ? भन्ने कुराको निर्धारण हुन्थ्यो । मासु खानु पर्‍यो भने अलि बढी पत्रिका बेच्नुपर्दथ्यो । हिसाब किताब एकदम प्रस्ट हुन्थ्यो ।’ 

दरियागंजमा नेपाली एकता छापिन्थ्यो । तर सङ्गठनको पैसा बढी खर्च हुन्छ भनेर कहिले ट्याम्पोमा पत्रिका हालेर नल्याएको’ भन्नुभयो– ‘पत्रिकाको मुठो टाउकोमा बोकेर दिल्लीको डिटीसीको बसमा बोकेर ल्याउने गरिन्थ्यो ।’

‘त्यति बेलाको साथीहरूसँग अहिले पनि भेट्दा जीवन्त क्षणको अनुभूति हुने’ वहाँ बताउनुहुन्छ – ‘प्रत्येक दिन सङ्गठन बन्थ्यो । यती साथी सङ्गठित हुन्थे कि हामीलाई भ्याइ नभ्याई हुन्थ्यो । मजदुर साथीहरूको यती हार्दिकता हुन्थ्यो कि आफू बाहिर सुतेर हामीलाई मच्छरदानी भित्र सुताउनु हुन्थ्यो । कतिले त ठुलो मच्छरदानी भित्र सँगै सुताउनुहुन्थ्यो ।’ 

‘एकता समाजका मजदुर साथीहरूको सादगी, दुःख–कष्ट र कमरेडली शैली गौरवयुक्त रहेको’ नेता कार्की बताउनु हुन्छ, – ‘साँच्चीकै कमरेडली व्यवहार त्यति बेला नै देख्न पाएको त्यसका साथै निस्वार्थ, निष्कपट भावनाले एउटा ठुलो मुक्ति आन्दोलनमा लागेको अनुभूति हुन्थ्यो ।’ 

‘हरेक सिर्जनापछि उपलब्धिमा आनन्द आउँछ । त्यो बेला नेपाली एकता र पछि माओवादी आन्दोलनमा लागेपछि माओवादी बुलेटिन आदि प्रकाशन गर्दा तथा आफ्नो विचार प्रवाह गर्दा एकदमै खुसी तथा आनन्दित हुने गरेको’  नेता कार्की बताउनु हुन्छ ।  

‘उडिसा र बङ्गालमा पनि सङ्गठनको जिम्मेवारी लिएको’ नेता राम कार्की बताउनुहुन्छ– ‘पश्चिम बङ्गालमा पैसा कर्जा लिएर पान पसल खोले । पान पसल त डुब्यो तर त्यो बेलासम्म सङ्गठन बनी सकेको थियो ।’ त्यहाँ सङ्गठन बनी सकेपछि मोहनविक्रम, बाबुराम भट्टराई, जीवन शर्मा लगायतका नेताहरू त्यहाँ गएको’ वहाँले बताउनु भयो– ‘कानपुरको एकता समाजको राष्ट्रिय सम्मेलनमा एउटा ठुलो शक्ति, पश्चिम बङ्गालबाट पनि सहभागी भएको थियो ।’

‘व्यक्तिगत रूपमा म सांसद भए, मन्त्री भए । अहिले सत्तामा भएको पार्टीको केन्द्रीय सचिव छु ।’ वहाँ भन्नुहुन्छ – ‘एक प्रकारको आन्दोलन, तीव्रताका साथ अगाडि बढ्यो र त्यही गतिमा समाप्त पनि भयो । अहिले एक प्रकारको निराशाको अवस्था हो ।’ यस प्रकारको निराशाको अवस्थामा पनि ‘निरन्तर रूपमा आफ्नो उद्देश्यमा खटिरहेका साथीहरूको कथा र .इतिहास पढ्दा आनन्दित हुने’ वहाँले बताउनुभयो, – ‘को कहाँ छ ? के गर्दै छन् ? उनीहरूको बारेमा सुन्दा पढ्दा म आनन्दित हुन्छु । वैचारिक धार फरक–फरक भए पनि आफ्नो धारमा निरन्तर लागिरहेको देख्दा खुसी लाग्छ ।’

प्रेम, सम्बन्ध र जाँडरक्सी

‘त्यति बेलाको मजदुर सङ्गठन अहिलेजस्तो उपभोक्तावादको सिकार नभएको’ वहाँ भन्नुहुन्छ, – ‘जाँड रक्सी खानु हुँदैन भन्ने होइन तर मसालको संस्कृतिले कहिले जाँड रक्सी खाइएन । रक्सी खाने कम्पनी नै नभएपछि कसरी जाँड रक्सी खानु ।’

मूल्य प्रणालीको बारेमा प्रस्ट पार्दै नेता कार्की भन्नुहुन्छ , ‘स्त्री–पुरुष सम्बन्ध, प्रेम लगायतका विषयहरूमा मेरो राम्रो अध्ययन थियो । त्यस कारण कम्युनिष्टहरुमा आम रूपमा पाइने सङ्कीर्णता मभित्र थिएन । चेग्वेरा, लेटिन अमेरिकाको साहित्यलाई मैले राम्ररी अध्ययन गरेको थिए ।  मोहनविक्रमका विरुद्ध प्राय त्यही कुरा आउँथ्यो । तर त्यो कुनै तर्क हो जस्तो लागेन ।’ वहाँ तर्क गर्नुहुन्छ, ‘केटा  र केटीको आपसी सहमतिमा सम्बन्ध हुन्छ । तर अरू मानिसलाई खुल्दुली लाग्ने । को कहाँ बस्यो ? कसरी बस्यो  ? पार्टीका नेताहरूको व्यक्तिगत चिया चर्चो गर्ने संस्कृति विकास भयो ।’ 

 ‘चौथो महाधिवेशनको स्कुलमा मूल्य प्रणाली र जीवन संस्कृतिको बारेमा राम्ररी बहस हुन नसक्दा मोहन विक्रम र निर्मल लामा, आफै त्यसको सिकार हुनुभयो । मोहन विक्रमलाई महिलाको आरोप लाग्यो र निर्मल लामालाई रक्सीको’ नेता कार्की भन्नुहुन्छ । 

‘बनिबनाउ संस्कृतिमा रमाउनु हुँदैन’

‘नेपालको जीवन संस्कृतिमा एक प्रकारको संस्कृति हाबी छ । त्यही संस्कृतिले सबैलाई प्रभावित गरेको अवस्था छ तर कम्युनिस्ट पार्टी, त्यही संस्कृति हराउनु हुँदैन । बनिबनाउ संस्कृतिमा रमाउनु हुँदैन । अनुभव तथा व्यापक बहसका साथ कुन संस्कृति ठिक हो ? त्यो छान्न सक्नुपर्दछ ।’ नेता राम कार्कीले बताउनु भयो । 

‘चराले पखेटा फेरे जस्तै, सर्पले काँचुली फेरे जस्तै कम्युनिस्ट पार्टीहरू लाई अद्यावधिक गर्नुपर्ने’ नेता कार्कीको तर्क छ – ‘त्यो अद्यावधिक गर्ने कार्य, महाधिवेशनले गर्दछ । तर अहिलेका कम्युनिस्ट पार्टीका महाधिवेशनमा बहस छलफल गरेर अगाडि बढेको अवस्था नै छैन । परम्पराको निर्वाह मात्र भइरहेको अवस्था छ ।’ 

–समीर सिंह 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...