Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
जीवनको पाठशालाबाट सिकौँ - Gyaan Ghar

Gyaan Ghar

Advertisement

जीवनको पाठशालाबाट सिकौँ

  • स्वेट मार्डन 

प्रकृतिको काममा न त कहीँ दुर्बलता छन् अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ । जो व्यक्ति यस बाटोको अनुसरण गर्दैन, उसको पतन ऊ आफैले गर्दछ ।
मानी लिनुहोस् एक भीड भएको बसमा यात्रा गर्दा तपाईँको ज्याकेटको फास्नर काटेर तपाईँको गोजीमा भएको सम्पूर्ण पैसा सखाप पारियो, के अब तपाईँ दोस्रो पटक पनि खल्तीमा पैसा राखेर त्यसरी नै यात्रा गर्नुहुन्छ ? गर्नु हुन्न ।
तपाईँ यस घटनाबाट एक पाठ सिक्नुहुन्छ । ठिक यसै प्रकार जब तपाईँको जीवनमा कुनै गल्तीको कारण कुनै हानी हुन जान्छ, त्यसपछि तपाईँले केही न केही पाठ सिक्नु आवश्यक छ । जो आफ्नै जीवनको पाठशालाबाट केही पाठ सिक्दैन, त्यो व्यक्ति जीवनभर दुःखी रहन्छ ।
लर्ड एवल (Lord Abel) एक विशेष व्यापारिक सम्झौताको निम्ति जानु थियो । समय ठिक दश बजेको थियो । अल्छीको कारणले ऊ साढे दश बजे गयो । तर, त्यस बेला व्यापारी त्यहाँ थिएन । उनको नाममा त्यहाँ एउटा पत्र थियो ।
जो व्यक्तिलाई समयको ख्याल छैन उसले के सम्झौता गर्न सक्छ ? के उसले कहिले आफ्नो भनाइअनुसार ठिक समयमा सामान ल्याउन सक्छ ?
लर्ड एवलले (Lord Abel) जब त्यो पत्र पढ्यो त्यसपछि मात्र उसको घैँटोमा घाम लाग्यो । दश लाख रूपैयाको उसको सम्झौता त्यसै खेर गयो । त्यसबाट लर्ड एवलले एउटा पाठ सिक्यो । भविष्यमा उसले यस प्रकारको गल्ती कहिल्यै पनि नदोहोरÞ्याउने प्रण गर्‍यो । त्यस बेला मात्र उसले समयको महत्त्व बुझ्यो ।
तपाईँ आफै हेर्नुहोस् कि तपाईँ के गल्ती गर्दै हुनुहुन्छ एवं दोस्रोको गल्तीबाट पनि पाठ सिक्नुहोस् । जीवनको पाठशालाले नै तपाईँलाई सबै कुरा सिकाउन सक्छ ।

तपाईँ आफ्नो उन्नतिको बाधाहरू सक्नुहुन्छ । यो एक व्यर्थ धारणा हो कि मानिस जन्मजात गुणको कारण कुनै पनि क्षेत्रमा उन्नति गर्न सक्छ । यी सब कुरा साँचो होइन । प्रत्येक व्यक्तिको उन्नति यस कुरामा भर पर्दछ कि ऊ कति परिश्रमी छ एवं कति मेहनतको साथ काम गर्दछ । आफ्नो जीवनको पाठशालाबाट कति कुरा सिकेर व्यवहारमा लागू गर्दछ, त्यसमा पनि जीवनको उन्नति निर्भर गर्दछ ।
प्रत्येक मानिसमा यो गुण उसको जीवनकालमा आउँदछ । हामीमा के गडबड छ, यस कुरालाई सधैँ ख्याल राख्नु पर्दछ । हामीले कुनै पनि कामको ठिक सुरुवात गर्नु पर्दछ ।
प्रसिद्ध अमेरिकी विचारक लंगफेलोको (Henry Wadsworth Longfellow, 1807-1882) भनाइअनुसार– हामीसँग प्वाँख नभएको कारणले गर्दा हामी उड्न त सक्दैनौँ, तर हामी हिँडेर माथि चढ्न भने सक्दछौँ । यस उक्तिमा धेरै नै रहस्य छ । प्रयास गरेको खण्डमा मानिसले के गर्न सक्दैन ? आवश्यकता यस कुराको छ कि हामीले कार्यको थालनी ठिकसँग गर्नुपर्दछ ।
जब हामी कुनै बाटोमा अघि बढ्न चाहन्छौँ, त्यसको सुरुवात ठिकसँग गर्नुपर्दछ । यो हाम्रो जीवनको पाठशालाको सबैभन्दा पहिलो एवं सबैभन्दा महत्त्वपूर्ण काम हो ।
हामी जीवनमा प्रत्येक दिन एवं प्रत्येक समय केही न केही कुराको सुरुवात गर्दछौँ ।
ठुला ठुला कार्यको सुरुवात एकदमै सानो हुन्छ एवं हाम्रो दृष्टिमा साधारण र मामुली लाग्दछ । तर सत्यता यो हो कि यसको जीवनमा ठुलो महत्त्वपूर्ण स्थान हुन्छ । हामी हाम्रो वरिपरिको दृश्यबाट यस कुराको जानकारी लिन सक्दछौ ।
प्रकृतिको नियम यो छ कि यस भौतिक जगत्मा प्रत्येक वस्तुको मूल रूप सूक्ष्म हुन्छ । ठुलोभन्दा ठुलो नदी पनि उद्गम स्थलमा पानीको एक सानो धाराको रूपमा हुन्छ । साथै ठुला ठुला रूख पनि एक साधारण बीजबाट उत्पन्न हुन्छ । विश्वको कुनै पनि क्षेत्रलाई हेर्नुहोस् । त्यसको सुरुवात छोटो रूपबाट नै भएको छ ।
सबै महान्तम चीजको सुरुवात साह्रै छोटो स्तरबाट भएको छ । एक सामान्य कल्पनाबाट ठुला आविष्कार भएका छन् । एक सानो पवित्र विचारले मानिसको जीवन नै बदलिएको छ । तसर्थ जीवनको विद्यालय भन्छ कि– उन्नतिको लागि सानो सुरुवात हुन जरुरी छ ।
आफ्नो मनलाई उदार बनाउनुहोस् र कार्यको थालनी छोटो रूपबाट गर्नुहोस् । तर तपाईँको कार्यको सुरुवात ठिक ढङ्गबाट हुनु पर्दछ । उन्नतिको लागि जीवनको विद्यालयबाट पाठ सिक्नुपर्दछ ।
तपाईँ कस्तो प्रकारको उन्नति चाहनुहुन्छ सर्वप्रथम निर्णय गर्नुहोस् । त्यस पछि निर्णय मुताबिक कार्यको सुरुवात गर्नुहोस् । तपाईँको उद्देश्य महान् हुनु पर्दछ । यस प्रकार तपाईँ आफ्नो महान् लक्ष्यतर्फ बिस्तारै बिस्तारै दृढ सं कल्पित भएर अगाडि बढ्नुहोस् । यसले तपाईँलाई अवश्य उन्नतितिर धकेल्छ ।

हाम्रो क्रियाकलाप जस्तो प्रकारको हुन्छ, परिणाम पनि त्यसै प्रकारको हुन्छ । याद राख्नुहोस् कि, एक सानो सुरुवात पनि सफलताको परिचायक हुन जान्छ ।
प्रत्येक ढोकाले आखिरी कहीँ न कहीँ अवश्य लैजान्छ । सुरुवात असल प्रकारको हुनु पर्दछ । सुरुवात राम्रो र नराम्रो दुवै प्रकारको हुन्छ । त्यसको प्रभाव पनि आफ्नो स्वभावअनुसार पर्दछ । राम्रो विचारले तपाईँ नराम्रो विचारबाट बच्नु हुन्छ । तपाईँ सफलतापूर्वक राम्रो कार्य सम्पन्न गर्न सक्नु हुन्छ ।
हामी प्रकृतिको नियमको पालन गरी स्वस्थ, सुख एवं प्रसन्नता प्राप्त गर्न सक्दछौँ । सत्यता यो छ कि प्रकृतिले हामीलाई सङ्घर्ष गर्नको निमित्त दृढता प्रदान गर्दछ । यही प्रकृतिबाट प्रेरणा पाएर हामी महान् लक्ष्य हासिल गर्न सक्दछौँ ।
जब हामी निष्ठापूर्वक कर्मशील रहन्छौ, तब हामी प्रगतितर्फ अगाडि बढ्छौँ । परिश्रम आफैमा एक महान् गुण हो । परिश्रम एक शिक्षक हो । यसले सधैँ हामीलाई यस विश्वको विद्यालयमा पठाइदिन्छ । क्रियाशील जीवनद्वारा हामी सदैव उन्नतिको बाटोतिर बढ्छौ । क्रियाशील जीवनबाट हाम्रो सङ्कल्प शक्ति बढ्दछ । हाम्रो जीवन कर्मठ बन्दछ ।
मानिस स्वभावतः सुस्त र आलस प्रकारको हुन्छ । हाम्रो लागि अन्तर प्रेरणाले कार्य गर्नु अत्यन्त जरुरी छ । आफ्नो मनबाट कमजोर विचारहरूलाई झिक्नु पर्दछ । हामी आफैबाट प्रभावित भएर अगाडि बढ्नु पर्दछ र आफ्नो उद्देश्य हासिल गर्नु पर्दछ ।
आलस्य हाम्रो जीवनको बाटोमा आइपर्ने सबैभन्दा ठुलो रोकावट हो । यसलाई छोडेर हामी
सृजनशील शक्ति हासिल गर्न सक्छौँ । यसको लागि निश्चित सङ्कल्प लिनु आवश्यक छ । सानो सुरुवातको आधारबाट नै हामी आफ्नो उन्नतिको उद्देश्य हासिल गर्न सक्दछौ ।

रिचर्ड फेलो (Richard Fellow) बाँसुरी वादक थिए तर उनले आफ्नो जीवनको पूर्वार्द्धमा ढुङ्गा फुटाउने मजदुरको रूपमा काम गर्दथे । उनी फुर्सदको समयमा बाँसुरी बजाउँथे पछि गएर स्विडेनको विश्व प्रसिद्ध बाँसुरी वादक बने ।
सेक्सपियर (William Shakespeare, 1564-1616) प्रसिद्ध बेलायती नाटककार तथा कविले आफ्नो जीवनको प्रारम्भ कालमा थिएटरको बाहिर अरू मानिसको घोडा हेरविचार गर्ने गर्दथे । तर पछि उनै सेक्सपियर विश्व प्रसिद्ध साहित्यकार बने ।
तपाईँ आफ्नो कुनै उद्देश्य अगाडि राखेर आफ्नो जीवनमा केही सुरुवात गर्न सक्नु हुन्छ । तपाईँको सुरुवात कस्तो प्रकारको छ, यसको कुनै चिन्ता गर्न जरुरी छैन । तपाईँ आफ्नो शक्ति एवं मन आफ्नो कार्यमा केन्द्रित गर्नुहोस् ।
तपाईँ आफ्नो प्रत्येक दिन कसरी सुरु गर्नुहुन्छ ? कति बजे उठ्नुहुन्छ ? आफ्नो दैनिक कार्यको सुरुवात कसरी गर्नुहुन्छ ? कस्तो प्रकारको एवं कुन महत्त्वपूर्ण काम तपाईँ त्यस दिन गर्नुहुन्छ ?
यदि तपाईँ प्रत्येक दिनको शुभारम्भ ठिक तरिकाबाट गर्नुहुन्छ भने त्यसको परिणाम सुखदायक हुन्छ । यसमा कुनै दुई मत छैन ।
यसप्रकारण हरेक दिनको यो परिणामले अन्ततः तपाईँलाई अवश्य प्रगतितिर लैजान्छ । तपाईँ आफ्नो उद्देश्य प्राप्त गर्न सक्नुहुन्छ । प्रत्येक दिनको सुखद, सरल भावले तपाईँको प्रगतिको ढोका अझ राम्ररी खोल्दछ ।
तपाईँको सारा दिनको सुख–दुःख यस कुरामा निर्भर गर्दछ कि तपाईँको दिनको सुरुवात कस्तो प्रकारले हुन्छ ? तपाईँले शुभारम्भ ठिकसँग गर्नुभएको छ या गलत ढङ्गले ।
जब हरेक दिन तपाईँ आफ्नो कामको शुभारम्भ बुद्धिमत्तापूर्वक गर्नुहुन्छ, त्यसको परिणाम आनन्ददायक हुन्छ । यसरी बिस्तारै तपाईँको सुखद अनुभूतिको सिलसिला मिल्दै जान्छ एवं परिणामस्वरूप तपाईँको जीवन सफल र सुखमय बन्दछ ।
विभिन्न विद्वानहरू भन्दछन् कि सूर्योदय हुनु पूर्व उठिसक्नु मानिसको निमित्त अत्यन्त लाभदायक छ ।

Early to bed and early to rise,

Makes a man healthy, wealthy and wise .

चाहे तपाईँको कुनै पनि काम होस् या नहोस् । बिहान सबेरै उठ्ने नियम बनाउनुहोस् । यसबाट सबैभन्दा ठुलो कुरा आलस्यबाट छुटकारा पाउनु हुन्छ ।
अङ्ग्रेजीमा भनाई पनि छ,The early bird catches the worm .

जब तपाईँ मानसिक तथा शारीरिक आलस्यबाट मुक्त हुनुहुन्छ तब तपाईँको मानसिक शक्तिको विकास हुन थाल्दछ ।
यस कुरालाई विचार गर्नुहोस् कि जो मानिस बिहान लामो समयसम्म सुतेर बिताउँछ, उसको पूरा दिन आलस्यबाट व्यतीत हुन्छ । त्यस प्रकारको व्यक्ति कमजोरी एवं उदासीनताको साथसाथै नाना प्रकारको निराशावादी विचारको सिकार बन्दछ ।
तसर्थ उपर्युक्त कुराबाट छुटकारा पाउन तपाईँ सर्वप्रथम बिहान सबेरै उठ्ने गर्नुहोस् । कुनै काम नभए तपाईँ बाहिर कतै खुल्ला हावा खान वा व्यायाम गर्न निस्किनुहोस् । फलतः तपाईँको सारा दिन आनन्दमय बन्ने छ ।
विश्वका समस्त व्यक्तिहरू जो आज प्रगतिको उचाइमा पुगेका छन् अथवा पूर्वकलामा थिए, उनीहरूको दिनचर्या यस कुराको प्रमाण कि उनीहरू सबैले सूर्योदय पूर्व उठ्ने नियम बनाएका थिए । उनीहरू आफ्नो दैनिक कार्य चाँडै प्रारम्भ गर्दथे ।
वर्नको (Dr. Berne) भनाइअनुसार हामी आफ्नो जीवनको विद्यालयमा अक्सर एक ठुलो भूल गर्दछौँ । अक्सर हामी बितेको गल्ती वा पापतर्फ ध्यान दिन्छौँ । बर्नको भनाइ छ– त्यसतर्फ तिमी सोच्दै नसोच । जो बितेको छ त्यतातिर ध्यान नदेऊ त्यसतर्फ सोचेर आफ्नो मूल्यवान् समय नष्ट नगर ।
यदि तिमी बितेका कुराप्रति बढी ध्यान दिन्छौ भने, तिमी आफ्नो नयाँ दिन बरबाद गर्दै छौ । राम्रो प्रकारले दिन बिताउनको सट्टा तिमी आफ्नो शक्तिहीनता एवं असमर्थताले भरिनेछौ । तसर्थ बितेको दुष्कर्म, पाप नदोहोराऊ जसले तिमीलाई मानसिक क्लेश पैदा गर्दछ । तपाईँ यो प्रयास गर्नुहोस् कि तपाईँको आजको दिन राम्ररी बितोस् । सुतेर उठ्ने बित्तिकै तपाईँ आफ्नो अगाडि आएको कुनै प्रमुख एवं महत्त्वपूर्ण कामको विषयमा विचार गर्नुहोस् । आज तपाईँले के गर्नुपर्ने छ त्यो निश्चित गर्नुहोस् ।
वास्तवमा सुतेर उठेपछि यस प्रकारको सोचविचारद्वारा सही एवं उपयोगी निर्णय गर्न सकिन्छ । यो एक सिद्धान्तको कुरा हो ।
यदि तपाईँले कुनै घर बनाउनु छ भने तपाईँ त्यसको कल्पना गर्नुहुन्छ, नक्सा बनाउनु हुन्छ अनि मात्र काम सुरु गर्नुहुन्छ । नक्सा तयार भइसकेपछि एउटा कुरा स्पष्ट रूपबाट तपाईँको सामु देखा पर्दछ कि तपाईँको घर कस्तो प्रकारको हुन्छ । यसै प्रकार बिहानको चिन्तनद्वारा पनि तपाईँको दैनिक कार्यको सफलताको रूपरेखा तयार हुन्छ ।
यस प्रकार बिहान विचार गरिएको ठिक सुरुवातले तपाईँको उन्नतिको ढोका प्रशस्त खोल्दछ । तपाईँ आफ्नो छेउछाउको प्रकृतितिर हेर्नुहोस् । प्रकृतिको काममा न त कहीँ दुर्बलता छ न त अव्यवस्था नै । प्रकृतिको सारा काम एक नियम अनुसार चल्दछ । अतः नियमपूर्वक काम गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्न सक्दछ ।
जो व्यक्ति यस बाटोको अनुसरण गर्दैन, उसको पतन ऊ आफैले गर्दछ । तसर्थ हामीले आफ्नो काम नियमित रूपले प्रारम्भ गर्नु जरुरी छ । जबसम्म हामी यसलाई पछ्याउन सक्दैनौ तबसम्म हाम्रो कुनै पनि काम सफल हुँदैन । जीवनको पाठशालाको यो एक पाठ हो ।
यदि तपाईँ उन्नति चाहनुहुन्छ भने पहिले समस्त कार्यक्रम व्यवस्थित गर्नुहोस् । हरेक दिनको कार्यक्रमको रूपरेखा बनाएर त्यसलाई राम्ररी कार्यान्वयन गर्नुहोस् । यस प्रकार तपाईँको आफ्नो लक्ष्य पूरा हुन्छ एवं तपाईँले चाहेको जस्तो उन्नति हासिल गर्न सक्नु हुन्छ ।
जीवनमा शिक्षाको के महत्त्व छ ? त्यसमाथि मानिसमा विभिन्न किसिमको विवाद छ । जेसुकै होस् तर शिक्षाले मानिसलाई कमसेकम लेख्न पढ्न योग्य बनाउँदछ । उसलाई शिष्टाचारको ज्ञान दिन्छ । हामी हाम्रो विद्यालयमा जे जति सिक्दछौ, त्योभन्दा बढी महत्त्व जीवनको विद्यालयको छ ।
वास्तवमा हाम्रो जीवन एक विद्यालय नै हो । जहाँ हामी विभिन्न प्रकारका पाठ पढ्दछौँ । समय–समयमा विभिन्न प्रकारका मानिसहरूसँग भेट्दछौँ र विभिन्न प्रकारका अनुभवहरू हासिल गर्दछौँ । तसर्थ जीवनको यस विद्यालयको पाठ सधैँ याद राख्नु पर्दछ ।
जीवनमा उन्नति पाउनको लागि, कुनै पनि क्षेत्रमा सफलताको लागि यो आवश्यक छ कि जीवनको पाठशालामा सिकेको पाठ सधैँ याद राख्नुपर्छ । पाठशालामा पाठ याद नगर्दा, परीक्षामा असफल हुन्छौ । यसै प्रकार जीवनको पाठशालामा सिकेको पाठ याद नगर्नाले हामी अवनतितिर झर्दछौ ।
कार्लाइल (Carlyle) भन्दछन्– हामीले केवल आफ्नो जीवनको पाठशालाको पाठ मात्र होइन दोस्रो व्यक्तिको जीवनको पाठशालाको पाठबाट पनि शिक्षा ग्रहण गर्नुपर्दछ । तब मात्र वास्तविक उन्नति सम्भव छ ।
प्रसिद्ध राजनेता तथा वैज्ञानिक फ्रेङ्कलिनको (Benjamin Farklin, 1706-1790) भनाइअनुसार– तपाईँ प्रतिदिन आफ्नो लेखा–जोखा राख्नुहोस् । लेख्नुहोस् कि तपाईँले दिनभरिमा के काम गर्नुभयो ? आफ्नो दिन कसरी व्यतीत गर्नुभयो ? सुत्नुभन्दा अगाडि यी समस्त कुराहरूलाई लेख्नुहोस् । बिहान उठेर पढ्नुहोस् ।
विचार गर्नुहोस् कि तपाईँले बितेको दिनको कतिको सदुपयोग गर्नुभयो । यसले तपाईँलाई आँखा खोलिदिन्छ । यसले तपाईँको चेतनाको ढोका राम्ररी खोलिदिन्छ । तपाईँ आफै यस्तो बाटो समाउनु हुन्छ कि, जसले तपाईँलाई उन्नतितिर लैजान्छ । अभ्यास गरेर हेर्नुहोस् । तपाईँ आफै थाहा पाउनु हुनेछ ।
समय निरन्तर रूपमा बितिरहेको छ । त्यो फेरि फर्केर आउँदैन । न त कसैले यसलाई रोक्न नै सक्दछ । सेकेन्ड, मिनेट, घण्टा, दिन, साता, महिना एवं वर्ष गर्दै समय बित्दछ । हामीलाई लाग्दछ कि अहिलेसम्म हामीले केही पनि गरेका छैनौँ । अतः हामी आफ्नो बितेको दिनको लेखाजोखा गरी आफ्नो जीवनको पाठशालाबाट धेरै कुरा सिक्न सक्दछौँ ।
कुन काम गर्दा हामीलाई कस्तो हानी भयो एवं कुन काम गर्दा लाभ भयो ? यो कुरा हामीले सबैभन्दा पहिले ख्याल गर्नुपर्दछ । तपाईँ कस्तो प्रकारको उन्नति चाहनु हुन्छ ? के गर्न वा के बन्न चाहनु हुन्छ ?
यसको निर्णय गर्नुहोस् र त्यही निर्णयअनुसार चल्नको लागि निश्चित योजना बनाउनुहोस् । केही प्रयोग गरेर हेर्नुहोस् के हानी हुन्छ ? के लाभ हुन्छ ? तपाईँले लाभ हुने बाटो अपनाउनुहोस् ।
मनुष्यबाट गल्ती हुन्छ । विश्वमा कोही व्यक्ति छैन जसले कुनै गल्ती नगरेको होस् । गल्ती हुन्छ तर हामीले त्यसबाट पाठ सिक्नु पर्दछ । कुनै बखत थोरै लापरबाहीको कारण केही हानी भएको भए, अगाडि त्यसप्रति सतर्क रहनु तपाईँको कर्तव्य हो । यसैमा तपाईँको प्रगति सम्भव छ । तपाईँले मात्र हैन अरूले पनि गल्ती गरेका हुन्छन् अरूको गल्तीबाट पनि पाठ सिक्नुहोस् । एक विद्वानले भनेका छन् – बुद्धिमान मानिसले अरूको गल्तीबाट सिक्दछन् ।’(A wise man learns from the mistake of others. )

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...