Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
समाज Archives - Page 2 of 12 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाज

प्रहरीको आँखा अगाडी खुलेआम बालविवाह, प्रशासन मौन

प्रहरीको आँखा अगाडी खुलेआम बालविवाह, प्रशासन मौन

विशाल बस्नेत/न्युज कारखाना  २८ जेठ, महोत्तरी  महोत्तरीको बर्दिबासमा प्रशासनको आँखा नै अगाडी खुलेआम बालविवाह भएको छ । बर्दिबासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिँदै प्रहरीको आँखा अगाडी बालविवाह भएको हो । कानुनले वर्जित गरेको बालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी बन्दा पनि रोक्न नसकेको स्थानीयहरूले आरोप लगाएका छन् । जन्म दर्ता अनुसार केटीको उमेर १६ वर्ष ६ महिना मात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरूले बताए । केटीका बुबा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी समेत दिएका थिए । अभिभावकहरूको उपस्थितिमा केटा र…
Read More
३४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माणको शिलान्यास

३४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माणको शिलान्यास

भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् । ५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ साल अघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रूपमा रहेको र २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रष्ट बनाएपछि नगरपालिकाले पुनः निर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनः निर्माण ढिलो गरी अगाडी बढेको छ ।   २०७४ को  निर्वाचनपश्चात् भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरू पुनः निर्माण गरेकोमा थन्थु दरबार पुनः निर्माणको काम छलफलमै…
Read More
प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा भारतीय नागरिक पक्राउ

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा भारतीय नागरिक पक्राउ

भैरहवा, १२ चैत । रुपन्देही प्रहरीको सक्रियता पछिल्लो एक महिनादेखि बढी छ । जिल्लाको प्रहरी प्रमुखको रूपमा एसपी रञ्जित सिंह राठौरले कार्यभार सम्हालेदेखि नै तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरू पनि धमाधम पक्राउ पर्दै गएका छन् । एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा पोसाकका प्रहरीहरू परिचालन गरी दैनिक रूपमा अवैध सामान ओसारपसार गर्ने र फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिँदै आएका छन् ।  प्रहरीलाई आएको सूचना र नियमित चेकजाँचका आधारमा पछिल्लो एक महिनादेखि तस्कर र अवैध सामान बरामद भएको दिन नै छैन । आइतबार रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डी पिपरहियाबट एक जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नुको कारण भने प्रहरीलाई…
Read More
आज फागु पूर्णिमा, होली खेलेर मनाइँदै

आज फागु पूर्णिमा, होली खेलेर मनाइँदै

काठमाडौँ । आज फागुन पूर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।  फागुन शुक्ल अष्टमीका दिन वसन्तपुर स्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ…
Read More
भेडा बाख्रा पालन बाट खुसी खोज्दै मुगुका किसान, बिमा पनि सँगै

भेडा बाख्रा पालन बाट खुसी खोज्दै मुगुका किसान, बिमा पनि सँगै

खड्क सुनार मुगु ९ चैत  । मुगुको छायाँनाथ रारा नगरपालिका १३ लह गाउँका सुरेन्द्र रोकाया उमेरले २७ वर्ष पुगे । ४ वर्ष खाडी मुलुक विदेशमा बिताए । भेडावाख्रा पालन पुख्याैली पेसा भएकाले पढ्ने उमेरमै गोठालो बन्नु पर्दा लेखपढ छुट्यो । विदेशमा बगाएको पसिनाले उनको जीवनमा खुसी त भेटाए तर सुख मिलेन । तर अहिले फर्केर यीनै भेँडाबाख्रा जीवनको सहारा बनाएका छन् । भेँडाबाख्रासँग पौँठे जोरी गर्दे खुसी भेट्ने बिचारमा रहेको उनले जनाए ।  कर्णालीका मुगु सहित अन्य हिमाली जिल्लामा आम्दानी थुप्रै सम्भावना श्रोत छन् । यहाँको प्रमुख व्यावसायिक कृषि र अन्य आम्दानीको प्रमुख सम्भावना भएका क्षेत्र हुन् । बहुमूल्य जडीबुटी लगायतका थुप्रै आर्थिक सम्भावना बोकेको…
Read More
लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ, १ चैत । सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ ।  अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन ।  कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न अधिवक्ता भट्टराईले रिटमा परमादेश माग गरेकी छन् ।  १८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरू, डिभोर्सीहरु, बिधुवाहरू र अन्य जुनसुकै कारणले एकल जीवन व्यतीत गरिरहेका महिला तथा पुरुषलाई मात्र लिभिङ टुगेदरमा बस्न कानुनी रूपमा योग्य ठहर गर्नुपर्ने रिटमा माग गरिएको छ । उक्त…
Read More
घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला

घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला

मुकेश कुमार यादव सिराहा, २७ फागुन। सिराहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। सिराहाको गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिता कुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो। स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटेल सञ्चालन गर्दै आएको साह दम्पती मात्र घरमा रहेको बेला धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा घरभित्र सुत्ने खाटनजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।  घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान…
Read More
नारी दिवस: ५६ सन्तानको आमा बराल

नारी दिवस: ५६ सन्तानको आमा बराल

उर्लाबारी, २५ फागुन । मिना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मिना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मिनाले ‘कमाई खाने’ भाँडो बनाई भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्रो काममा साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो । मिनाले उर्लाबारी–७ मा बालगृह सञ्चालन गरेको २३ वर्ष भइसकेको छ । २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी…
Read More
मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

काठमाडौँ, २० फागुन । तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन्। सुवाललाई शनिवार काभ्रेपलान्चोक मण्डन देउपुर नगरपालिका-६ बाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।सूर्यविनायक-८ सिपाडोलमा बस्दै आएका ३३ वर्षीय ढकालको गत फागुन ९ गते राति हत्या भएको थियो। उनको सोही ठाउँको एउटा गोठमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो। हत्यापछि ढकालको मोबाइलसहित फरार भएका सुवालको साथबाट मोबाइलसमेत बरामद भएको छ। ९ गते राति ८ बजे ढकाल  कोठाबाट निस्केका थिए। त्यसपछि नजिकैको…
Read More
१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालीन पोखरेल

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालीन पोखरेल

बुवा कान्छी ल्याएर काठमाडौँमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालीन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्। काठमाडौँ, १९ फागुन - फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालीन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालीनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशङ्का परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ। शनिवार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर…
Read More