health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

विशाल बस्नेत/न्युज कारखाना
२८ जेठ, महोत्तरी
महोत्तरीको बर्दिबासमा प्रशासनको आँखा नै अगाडी खुलेआम बालविवाह भएको छ ।
बर्दिबासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिँदै प्रहरीको आँखा अगाडी बालविवाह भएको हो ।
कानुनले वर्जित गरेको बालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी बन्दा पनि रोक्न नसकेको स्थानीयहरूले आरोप लगाएका छन् ।
जन्म दर्ता अनुसार केटीको उमेर १६ वर्ष ६ महिना मात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरूले बताए ।
केटीका बुबा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी समेत दिएका थिए ।
अभिभावकहरूको उपस्थितिमा केटा र केटीलाई आफ-आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाई छ तर २७ जेठमा एकाएक गाउँमा अभिभावकहरूमा सहमति बनेर मुस्लिम संस्कारअनुसार विवाह भएको स्थानीय हरदेव महतोले बताए ।
विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानीयहरूले प्रहरीलाई खबर गर्दा पनि उनीहरू घटनास्थलमा नआएको स्थानीयहरूको गुनासो छ । तर प्रहरीले भने यो विषयमा जानकारी नभएको दाबी गरेको छ ।
केटा र केटीका अभिभावक निर मुहम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनीरुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवती रमण पोखरेलले बताए ।
स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्ष राम किशोर साहले पनि बालविवाह भएको स्वीकार गरेका छन् । ‘स्थानीयहरूले मलाई पनि फोन गरेर जानकारी गराएका छन् ।’ अध्यक्ष साहले भने । ‘रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफै त्यहाँ जाँदै छु ।’