health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

बुवा कान्छी ल्याएर काठमाडौँमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा
सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालीन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।
काठमाडौँ, १९ फागुन – फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालीन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्।
निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालीनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशङ्का परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ।
शनिवार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ।’
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेसागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ।’
अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आई नसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन्।
प्रारम्भिक अनुसन्धानमा १४ बर्सिया छात्रा होस्टेलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन्। त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ। आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा देखिन्छ।
उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान हो। सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालीन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्। यो १० वर्षमा शालीन ८ वर्ष मामाघर बसिन्। होस्टेल बस्न थालेको जम्मा दुई वर्ष हुँदै थियो।
बाहिर आएजस्तो उनको बलात्कारपछि हत्या भएकोतर्फ अहिलेसम्म कुनै तथ्यले साथ दिएका छैनन्।
‘परिवारले यहाँ पोस्टमार्टम गर्न नमानेकाले शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेका छौँ,’ भण्डारीले भने, ‘रिपोर्ट आएपछि थप तथ्यहरू खुल्नेछन्।’
पोस्टमार्टमले मृत्यु के-कसरी भयो भन्ने यकिन गर्न मद्दत गर्दछ। त्यसमा अस्वाभाविक मृत्यु देखिए अनुसन्धानले अर्को मोड लिन्छ।
यसै गरी, मृतकको भिसेरा (मुटु, कलेजो र फोक्सो)सहित शरीरको फरेन्सिक जाँच गरिएको छ। त्यसपछि शरीरमा कुनै चोटपटक, बलात्कार वा ज्यान मार्ने सम्मको घातक प्रयास भएको छ/छैन पत्ता लाग्छ।
शालीन चार वर्षको उमेरदेखि रत्न नगर-१२ स्थित मावलीमा बस्दै आएकी थिइन्। उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन्।
उनका बुवा-आमाले १० वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए। उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन्। उनका बुवा काठमाडौँ वसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन्।
‘उनीहरूले आवश्यक पर्दा बच्चालाई वार्डेन मार्फत फोन गर्थे भन्ने बुझिन्छ, होस्टेलमा मोबाइल बोक्न दिइएको थिएन,’ भण्डारीले भने।
शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ। घाँटीमा डोरीको डाम छ। शरीरका अन्य भागमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै बाहिरी चोटपटक भेटेको छैन। सुरुमा बलात्कार भएको नदेखिएकाले रिपोर्ट आएपछि नै सबै कुरा जानकारीमा ल्याइने प्रहरीले जनाएको छ।
परिवारका सदस्यले शालीनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
त्यसरी किटानी दिएका हरूमा प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, भाइस-प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेल छन्।
